Websoft University

हिजो भएको निर्वाचनमा ६४ प्रतिसत मत खसेको आयोगले जनाएको छ


काठमाण्डौ बैशाख ३१ गते । रातो तारो डट कम,हिजो भएको स्थानीय तहको निर्वाचनमा ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार गएराति १० बजेसम्मको तथ्याङ्कले ६४ प्रतिशत मतदान भएको देखाएको समेटेर सुचना जारी गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ जिल्लाका २८ पालिकाका ४३  मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको हो । उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् । लुम्बिनी र गण्डकी प्रदेशका भने सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.