Websoft University

६ वटा महानगरपालिकाका मतगणना सुरु कतै तयारी


काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम, ६ वटा महानगरपालिकामा मतगणना सुरु गर्न लागेको आयोगले जनाएको छ । काठमाण्डौ, ललितपुर, पोखरा, वीरगन्ज, भरतपुुर र विराटनगर महानगरपालिकामा मतगणना कतै सुरु भइसकेको छ भने कतै तयारी भइरहेको छ । काठमाडौंमा हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भएको थियो । ललितपुर महानगरपालिकामा मतगणनाको समय तोक्न सर्वदलीय बैठक बस्ने तयारी छ । यस्तै चितवनको भरतपुर महानगरपालिकामा बिहान ९ बजेपछि मतगणना सुरु गर्ने तयारी भएको छ । विराटनगर महानगरपालिका मतगणना बिहान ८ बजेबाट सुरु भएको छ । कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना गर्न सुरु गर्ने भएका छन । पर्साको वीरगञ्ज महानगरपालिकामा मतगणना आजै सुरु गर्ने तयारी छ । अरु धेरै पालिकामा पनि आज बिहानदेखि मात्रै मतगणना सुरु हुनेछ ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.