Websoft University

मुख्य निर्वाचन अघिकृत दिपक खनालले राजीनामा दिए


श्याम राइ- गाईघाट –१ जेष्ठ । रातो तारा डट कम,मुख्य निर्वाचन अघिकृत दिपक खनालले राजीनामा दिएकाछन् ।उनले स्वास्थ्थको कारण देखार्ई आईतवार राजीनामा दिएकाछन्। निर्वाचन को काम पुरा नहुदै उनले आयोग समक्ष राजीनामा गरेकाहुन् । निर्वाचनको बेला उदयपुरको कटारी नगरपालिका–१० सोरुङछविसे स्थित कालिका माध्यमिक विध्यालय मतदान केन्द्रमा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको थियो। भने कर्मचारीले घाघली गरेको भन्दै त्रियुगा नगरपालिका वडा.न. १२ पुरानो गाईघाट स्थित जनप्रेभी आधारभूत मतदान केन्द्रमा विवाद भएपछि मतदान स्थगीत गरीएकाृ थियो । निर्वाचनको यि दूई घटनाले मुख्य निर्वाचन अधिकृत खनाल निकै तनावमा थिए । उनी बढी तनावमा भएपछि सोही कारण बाट राजीनामा दिएको हुनसक्ने अडकल काटीएको छ । उनको राजीनामा आयोगमा पुगीसकेपनि आयोग ले मुख्य निर्वाचन अधिकृत कसैलाई तोकेको छैन । उदयपुरका सहायक निर्वांचन अधिकृत दिलिय मगरले खनालले राजीनामा गरेको पुष्टी गरेकाछन् । स्वास्थ्थमा समस्या देखाउदै उनले राजीनामा दिएको बताए । उदयपुरमा ८ वटा स्थानिय तह मध्ये त्रियुगा र कटारी नगरपालिका बाहेक अरु ६ वटा मा मतगणना जारी छ । त्रियुगाको १२ वडामा पुःन मतदान कहिले गर्ने बारे अझै टुङगो लागेको छैन । आयोगले त्रियुगाको वडा. न. १२ विवाद समधान गर्न जिल्लामै निर्णय गर्न पत्र पठाएको सहायक निर्वाचन अधिकृत मगरले बताए । मुख्य निर्वाचन अधिकृत को राजीनामा ले पुःन निर्वाचनमा समस्या भएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.