Websoft University

अध्यक्षमा मेजर राई र उपाध्यक्षमा पुष्पलाल राई बिजय


श्याम राई÷उदयपुर  गाईघाट, १ जेष्ठ । रातो तारा डट कम, उदयपुरको लिम्चुबुङ्ग गाउँपालिकाका अध्यक्षमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदबार मेजर राई निर्वाचित भएकाछन् । उपाध्यक्षमा गठबन्धन उम्मेदबार कांग्रेसका पुष्पलाल राई निर्वाचित भएकाछन् ।

आईतबार दिउसो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयबाट राई द्धय विजय भएको घोषणा गरिएको थियो ।

अध्यक्षमा विजयी राईले २ हजार ५१ भोट प्राप्त गरेकाछन् । उनले प्रतिद्धन्दी नेकपा ( एमाले) का उम्मेदबार राज कुमार राईलाई ४ सय ६२ मतान्तरले हराएका हुन् । पराजित राईले १ हजार ५ सय ८९ मत ल्याएकाछन् ।

अध्यक्षमा निर्वाचित राईको यो दोश्रो कार्यकाल हो । २०७४ मा पनि उनी नेकपा माओवादीबाट अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित पुष्पलाल राईले १ हजार ९ सय ३३ मत ल्याउदा उनको प्रतिद्धन्दी नेकपा (एमाले ) की देव कुमारी कार्कीले १ हजार ७३ मत प्राप्त गरिन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.