Websoft University

अहिलेको निर्वाचन प्रणालीका विषयमा बहस गर्ने बेला भयो - कोइराला


विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको निर्वाचन प्रणालीका विषयमा गम्भीर बहस गर्ने बेला आएको बताएका छन् । 


विराटनगरस्थित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचन प्रणालीका विषयमा दलहरूले सोच्ने बेला आएको बताए । पछिल्लो समय निर्वाचन खर्चिलो र भड्किलो हुन थालेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनु दलहरूका लागि चिन्ताको विषय भएको बताए । “ देशका केही पालिकामा स्वतन्त्र उम्मेदवार अगाडि आउनु जनतामा दलहरूप्रति वितृष्णा त आएको होइन भनेर खोजी गर्नुपर्ने बेला भएको छ,” उनले भने, “काठमाडौंजस्तो ठाउँमा स्वतन्त्रको उम्मेदवार अगाडि आइरहेको अवस्था छ, यसले पक्कै पनि दलहरूका लागि चुनौती दिएको छ ।” 

उनले विराटनगर कुनै बेला देशको राजनीतिक राजधानी भए पनि अहिले सुस्ताउँदै गएकोमा चिन्ता व्यक्त गरे । कोइरालाले भने, “विगतमा विराटनगर राजनीतिक राजधानीका रुपमा स्थापित भएको थियो । तर, अहिले त्यो अवस्था छैन । तपाईं विराटनगरवासीहरू एकपटक फेरि जुर्मुराउने बेलाभएकोछ ।” 

सो समारोहमा वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी भाषा–साहित्य राष्ट्रिय पुरस्कार’ र २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भूषण दाहाललाई समर्पण गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका कोइराला, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, अग्रज पत्रकार शरदराज सुवेदीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरेका थिए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.