Websoft University

शुभकामना


बिराटनगर जेठ २ गते । रातो तारा डट कम,बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको आज २५६६ औं जन्मजयन्तीको अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्दछु । 

बैशाख शुक्लपक्षको पूर्णिमाको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । यस अवसरमा संसारभर बुद्धका मठ–मन्दिर, गुम्बा, विहार, स्तूप, चैत्यमा भगवान बुद्धको विशेष पूजापाठ, प्रार्थना, प्रवचनलगायत धार्मिक कार्यक्रम र दीपावली गरिन्छ । नेपालको कपिलवस्तुमा जन्मिएर बोधगयाबाट ज्ञान प्राप्त गरी सारनाथमा शिष्यहरूलाई उपदेश दिने बुद्ध एक युगपुरुष हुनुहुन्थ्यो । विश्वले शान्तिको प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो । 

यस्तै, आज किराँत समुदायको महान् पर्व उभौली पनि हो । यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । उभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्दछु ।

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा बुद्ध जयन्ती तथा उभौली पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७९ ज्येष्ठ ०२ गते, सोमबार


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.