Websoft University

मेयरका उम्मेदवार किशोर राई माथी गठबन्धनकै अविश्वास


धरान । रसतो तारा डट कम,लोकतान्त्रिक बाम गठबन्धन नाम दिएर धरानमा बनेको गठबन्धनले मेयरका उम्मेदवार किशोर राईमाथी अविश्वास गरेको छ ।

मेयरका उम्मेदवार किशोर राईलाई अविश्वास गर्दै सार्वजनिक मन्तव्य दिन लगाम लगाइएको हो । मेयरका उम्मेदवार किशोर राईले सर्वाजनिक रुपमा बोल्दा विवाद हुने देखिएपछि गठबन्धन दल भित्रबाट उनलाई लगाम लगाइएको नेकपा माओवादी केन्द्रका एक नेताले बताउनु भयो । विशेष गरी प्राइम टाइम्स टेलिभिजनले धरानमा गरेको कार्यक्रममा बोल्दा किशोर राई विवादित भएपछि उहाँलाई लगाम लगाइएको हो । 

गठबन्धन भित्रबाटै अविश्वास गरिएको नेताले चुनाव जिते भने कसरी चल्लान् भन्ने प्रश्न उठेको चुनावी सभामा आइपुगेका एक सहभागीले बताए । प्राइम टाइम्स टेलिभिजनले प्रसारण गरेको कार्यक्रममा ‘सिटिङ मेयरलाई रुख काण्डका कारण टिकट नदिइएको’ खुलासा गरेपछि मेयरका उम्मेदवार किशोर राईमाथी गठबन्धनमा अविश्वास पैदा भएको थियो । गठबन्धनमा पनि नेकपा माओवादी केन्द्रले किशोर राईमाथीअविश्वास गरेको हो ।

आज बाम गठबन्धनले धरानको भानुचोकमा आयोजना गरेको चुनावी सभामा पनि मेयरका उम्मेदवार किशोर राईले ‘लेखिएको भाषण’ बाचन गर्नुभएको थियो । ‘लेखिएको भाषण’ बाचन गरेपछि कांग्रेसमाथी अपमान भएको आभास भएको  कांग्रेसका एक नेताले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.