Websoft University

विराटनगरका एमालेको वृहत् पदयात्रा सम्पन्न


विराटनगर । रातो तारा डट कम,यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि शुरुको पूर्वसन्ध्यानमा नेकपा एमाले विराटनगरले वृहत् पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । 

मङ्गलबार विहान रोडशेषदेखि रानीसम्म र अपरान्ह पुस्पलाल चौकदेखि रोडशेषसम्म पार्टीका नेता कार्यकर्ता, समर्थक शुभचिन्तक र उमेदवारको सहभागिता रहेको पदयात्रामा जनताको अपार समर्थन रहेको थियो । 

पार्टीका विराटनगर निर्वाचन परिचान कमिटीको संयोजक विनोद ढकालका अनुसार पदयात्राका क्रममा चोक चोकमा उपस्थित भएका स्थानीयले पदयात्रीहरूलाई हौसला प्रदान गरका थिए । 

मारवाडी समुदायको वाहुल्य बजारक्षेत्रका मतदाताहरूले यसपटकको निर्वाचनका माध्यमबाट महानगर महानगरको नेतृत्व एमालेलाई सुम्पने प्रतिवद्धता प्रकट गरेको संयोजक ढकालले जानकारी दिनुभयो । 

आफ्ना चुनावी नाराहरूका साथ पुस्पलाल चोकबाट शुरुभएको पदयात्राको नेतृत्व पार्टीका केन्द्रीय नेताहरू गुरु बराल, विनोद ढकाल, पूर्वमेयर रमेशचन्द्र पौडेल, पार्टीका अन्य केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूले गर्नुभएको थियो । 

समृद्ध विराटनगर बनाउने सपना बोकेर पार्टीका तर्फबाट मेयर र उम्मेदवार बनेका सागर थापा र शिल्पा कार्की, वडाध्यक्ष तथा सदस्यका उमेदवारहरूले मतदाताहरूसँग भोटमाग्दै गरेको पदयात्रा अपरान्ह रोडशेषमा पुगेको सभामा परिणत भएको थियो । 

औपचारिक रुपमा मतमाग्नका लागि तय गरिएको अन्तिम सभालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय सदस्य विनोद ढकालले मङ्गलवार मध्येरातीबाट प्रचारको समय समाप्त भएपनि मतदातालाई भेटेर मत माग्न र मत सुरक्षाका लागि सचेत हुन आह्वान गर्नुभयो । 

मौन अवधिमा मतदातालाई अवाञ्छित प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरूबाट  हुनसक्ने चलखेललाई दुरुत्साहन गरी एमालेको पक्षमा देखिएको जनउभारलाई मतदानसम्म पु¥याउन सकियो भने एमालेको जीत सुनिश्चित भएको संयोजक ढकालको तर्कथियो । 

सभालाई मेयरका प्रत्यासी सागर थापाले विराटनगरको यसपटकको निर्वाचनलाई महाभारतको युद्धको संज्ञा दिँदै सो युद्धमा जसरी पाण्डपक्षको विजय भयो त्यसरी नै एमालेको विजय हुने धारणा राखे ।

उपमेयरकी उमेदवार शिल्पा कार्कीले जसरी छोरीको कन्यादनका लागि सुयोग्य बरको चाहाना र कामना हुन्छ, त्यसरी नै छोरीरुपी विराटनगर महानगरले पनि सुयोग्य नेतृत्व खोजेकोछ, यो सुयोग्यता नेकपा एमालेका उमेदवारहरूमा भएकोले सूर्यमा मतदान गरी बिजयी बनाई दिन सम्पूर्ण महानगरवासी मतदाहरूलाई अनुरोध गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.