Websoft University

एमालेले इटहरीमा जीत्ने आधारहरु


सुनसरी इटहरी । रातो तारा डट कम, मौन अवधि सुरु हुनै लाग्दा इटहरीमा एमालेले जित्ने वलिया आधारहरु प्रस्तुत गरेको छ । नेकपा एमाले इटहरीले प्रचारका कार्यलाई आज सम्पन्न गर्दैछ । धरदैलो,टोलभेला,वडासभा र चुनावीसभा समेत सम्पन्न गरिसकेको छ । चुनावी अभियानका क्रममा घरदैलो अभियान संचालन गरिरहदा एमालेको संगठन र जनसमर्थन झन वलियो वनेको एमाले नेताहरुले वताएका छन । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार रहदा जारी भएको चुच्चे नक्सा,नाकावन्दिका वेला लिएको चट्टानी अडानका साथै विकास र सम्वृद्धिका लागि भएका कार्यहरुको स्पष्ट प्रभाव जनस्तरमा परेको देखिन्छ । इटहरीमा एमालेले जित्ने आधारहरु के के हुन त ? 

एमाले नेतृत्वको इटहरी उपमहानगरले गरेका विकासका कार्य 

इटहरी उपमहानगरपालिकामा नेकपा एमालेवाट निर्वाचित मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको कार्यकालमा इटहरी उपमहानगरले भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरेको छ । उपमहानगरपालिका हुन जनसंख्याको मात्र आधार भएको इटहरीमा भौतिक पूर्वाधारमा पनि उपमहानगरहुने आधार तयार भएको छ । इटहरी उपमहानगरपालिकामा पाँच बर्षको अबधिमा २००  किलोमिटर कालो पत्रे सडक निर्माण भएको छ ।६५ किलोमिटर ब्लक लगाइएको सडक बनाइएको छ ।७०० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।५०० किलोमिटर प्रोटेक्सन बाल बनाईएको छ ।८१ वटा साना पूल तथा कल्भट बनाइएको छ । चार वटा ठूला पूल बनेका छ्न । गाउँ गाउँका बासिन्दाले उपमहानगरको बासिन्दा भएको अनुभूति गरेका छन । फोहोरमैला ब्यवस्थापनका लागि फोहोरप्रशोधन केन्द्र स्थापना भएको छ । त्यहाँवाट ग्याँस निर्माण समेत थालिएको छ ।वहुजातीय संग्राहलय निर्माण सुरु भएको छ । शीतभण्डार सहितको आधुनिक कृषि वजार वनाउन थालिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरेर छ जना चिकित्सक सहित २४ घण्टे इमर्जन्सी सहित इटहरी अस्पताल संचालन गरिएको छ । इटहरीको सवै वडाका वासिन्दाले वडावाटै आधारभूत स्वास्थ्य सेवा पाउने अवस्था सृजना । १४ वटा वडामा आधारभूत स्वास्थ्य इकाईका भवन वनाएर स्वास्थ्य सेवा सुरु गरिएको छ । गाँउका जनताले आधारभूत स्वास्थ्य सेवा लिन शहर जानुनपर्ने भएको छ । उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत ६०० जना महिला उद्यमी बनिसकेका छन् ।वल्र्डवैकको अनुदानमा सवा अर्वको परियोजना सुरु भएको छ । टयाँग्राखोला डाइभर्सजन सहित वजार क्षेत्रको ढल निकास समस्या समाधान हुदैछ । तालतलैया देखि वडा नम्वर ३,२,२०,१,१७,१६,१५ जोडने उच्चस्तरीय कालोपत्रे सडक वन्दैछ ।कचना वुढिगंगा स्कुलमा आधुनिक छात्रावास सहितको भवन १५ करोड ४४ लाखको लागतमा निर्माण सुरु भएको छ ।

एमालेको मजवुद संगठन

इटहरीमा नेकपा एमालेको अत्यन्तै मजवुद संगठन छ । नगरकमिटि मातहत २० वटा वडामा २८० वटा टोल कमिटि छन ।जनसंगठनका १८ वटा कमिटिहरु नगर र टोलमा छन । संगठित सदस्यहरुकै संख्या पाँच लाख वढि छ । इमान्दार र जुझारु कार्यकर्तापंक्तिहरु छन । टोल टोलका घर घरका सदस्यहरुले एमालेको पार्टी र जनसंगठनको जिम्मेवारी लिएका छन । इटहरीमा रहेका एमालेका केन्द्र देखि लिएर प्रदेश जिल्ला र नगरस्तरीय नेताहरुमा एकता देखिएको छ ।

माओवादी केन्द्र,राप्रपा र काँग्रेसका नेता एमालेमा

माओवादी केन्द्रका तत्कालिन प्रभावशाली नेताहरु  हिमाल सुवेदी, सागर सुवेदी,हिमाल कार्की,लक्ष्मण राई,अर्जुन गहतराज र सुमन मंग्रान्ती नेकपा एमालेको प्रदेश सदस्यका रुपमा सक्रिय हुनुहुन्छ ।सन्दीप काफले एमाले इटहरी १९ को इन्र्चाज हुनुहुन्छ । गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रवाट निर्वाचित एकमात्र जनप्रतिनिधि वडा नम्वर १० का वडासदस्य रामनारायण चौधरी एमाले प्रवेश गरेर अहिले वडा सदस्यको उम्मेदवार हुनुहुन्छ ।वडा नम्वर १२ का वडासदस्यका उम्मेदवार शन्यास कुमार शाह पनि माओवादी केन्द्रवाट एमालेमा आउनुभएको हो । गत स्थानीय निर्वाचनमा वडा नम्वर १७ मा माओवादी केन्द्रवाट वडाध्यक्षको उम्मेदवार रहेका प्रभात आर्चाय अहिले नेकपा एमाले वडाध्यक्षको उम्मेदवार वन्नुभएको छ ।उहाँहरुसँगै हजारौ माओवादी केन्द्रका कार्यकर्ता एमालेमा हुनुहुन्छ । साविकको खनार गाविसका पूर्व अध्यक्ष रोहित वहादुर कार्की अहिले नेकपा एमालेको प्रदेश कमिटिसदस्य हुनुहुन्छ । खनारमा पञ्चायतका कालका प्रधानपञ्च र २०४६ साल यता पनि उहाँ खनार गाविसको अध्यक्षमा निर्वाचित भएको ब्यक्तित्व हुनुहुन्छ ।खनारमा मात्रै नभएर इटहरीमै उहाँको प्रभाव र पकड अत्यन्तै राम्रो मानिन्छ । गत स्थानीय तहको निर्वाचनमा उहाँ राप्रपाको तर्फवाट मेयरपदका उम्मेदवार हुनुहुन्थ्यो । नेपाली काँग्रेसका नेता अरुण चौधरी एमाले प्रवेश गरेर वडा नम्वर ८ को वडाध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाँहरु सँगै माओवादी केन्द्र,राप्रपा र नेपाली काँग्रेसवाट ठूलो पंक्ति नेकपा एमालेमा आवद्ध हुनुभएका कारण पनि एमाले इटहरी पहिलाको भन्दा शक्तिशाली वनेको देखिन्छ ।

पार्टी अध्यक्ष ओलीको दर्विलो साथ

इटहरी उपमहानगरको विकास र सम्वृद्धिका लागि उपमहानगरको वजेटले मात्रै पुग्दैन । यहाँका विभिन्न समस्या समाधान गर्न प्रदेश र संघीय सरकारको पनि साथ आवश्यक पर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्ति वैशाख २४ गते इटहरीको चुनावी सभालाई सम्वोधन गर्दै याम सुब्बा र संगीता चौधरीलाई जीताउने जिम्मा इटहरीका जनताको इटहरीको विकासको जिम्मा मेरो भनेर प्रतिवद्धता जनाउनुभएको छ । इटहरीको विकासका लागि वजेट र योजनाको कुनै कमि नहुने अध्यक्ष ओलीले वताइसक्नुभएको छ । उहाँले याम सुब्बाले सिधै आफू सँग हटलाइनमा कुराकानी गरि वजेट ल्याउन सक्ने वताएपछि इटहरीले एमाले अध्यक्ष केपी ओलीको दर्विलो साथ पाउने अपेक्षा गरिएको छ ।

उम्मेदवारी चयनमा सन्तुलन

नेकपा एमालेले मेयरका उम्मेदवार याम सुब्बा शहरी क्षेत्रवाट र उपमेयरका उम्मेदवार संगीता चौधरीलाई ग्रामिण क्षेत्रवाट वनाएको छ । मेयर पदका उम्मेदवार याम सुव्वा विसौ वर्षदेखि इटहरीको संगठन हाकेका  शिक्षित,इमान्दार र अहिले सम्म कुनै खोट नलागेका र जनआन्दोलन हाँकिसकेका ब्यक्ति हुनुहुन्छ । उपमेयर पदकी उम्मेदवार संगीता चौधरी राजनीति सँग सँगै शिक्षा र सहकारी क्षेत्रको नेतृत्व गरिसकेकी ब्यक्तित्व हुनुहुन्छ । गठवन्धनले प्रमुख उपप्रमुख दुवै पदमा पुरुषलाईनै उम्मेदवार वनाएपछि गठवन्धनकै महिला नेतृहरु असन्तुष्ठ छन ।त्यसमा पनि २८ प्रतिशत थारु समूदायको वसोवास रहेको इटहरीमा एमालेले उपप्रमुखमा थारु समूदायकी छोरीलाई उम्मेदवारी वनाएर न्याय गरेको देखिन्छ । 

गठवन्धन भित्रको खटपट 

इटहरीमा दलीय गठवन्धन भएपनि धेरैजसो आ आफनै पार्टीका उम्मेदवारलाई मात्र भोटमागेर हिडेको पाइन्छ । गठवन्धनमा माओवादी केन्द्रले सम्मानजनक प्रतिनिधित्व नपाएपछि माओवादी केन्द्र असन्तुष्ठ देखिन्छ । वडा नम्वर २ मा त एकिकृत माओवादीले विज्ञप्तीनै निकालेर गठवन्धनले अपमान गरेको भन्दै हसिया हटौडा वाहेक अन्यन्त्र मत नहाल्ने जनाइसकेको छ । नेपाली काँग्रेस भित्रै पनि गुटवन्दिको प्रभाव देखिन्छ । मेयरपदका उम्मेदवार कोइराला पक्षका र अधिकाशं वडाध्यक्ष पदका उम्मेदवार सस्थापन पक्षका भएका कारण गुटवन्दिको प्रभाव देखिएको हो । वैशाख २६ गते इटहरीमा भएको गठवन्धनको जनसभामा दुईदिन अघि एमालेले त्यहि ठाँउमा गरेको सभाको भन्दा आधा पनि सहभागि नहुनुलाई पनि गठवन्धन कसिलो नभएको विश्लेषण गरिएको छ ।

 यि वाहेक एमाले नेताहरुले नेतृत्व गरेका संघसस्थाहरु जस्तै खानेपानी,विद्यालय ब्यवस्थापन समिति लगायतमा गरेको उल्लेख्य उपलब्धिले पनि एमाले प्रतिको आकर्षण वढेको पाइन्छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.