Websoft University

घटनाको छानबिन र कारवाहीको माग


फाटो फायलबाट-  श्याम राई÷उदयपुर  गाईघाट, ३१ बैशाख। रातो तारा डट कम, उदयपुरको कटारी नगरपालिका–१० सोरुङछविसेस्थीत कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा शुक्रबार भएको घटनालाई लिएर शनीबार बसेको सर्व पंक्षिय भेलाले घटनाको उच्च स्तरीय छानविन आयोग गठनगरि दोषिलाई निलम्बन लगायतका कारवाही प्रकृया अघि बढाउन गृह मंत्रालयलाई पत्रचार गर्ने सहमती भएको छ ।

कटारीमा बसेको राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सेना र प्रहरी अधिकृत, निर्वाचनमा उम्मेदबार बनेका दलका नेता, कार्यकर्ताहरुको छलफलबाट उक्त निर्णय भएको प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादबले बताए ।

उनले घटनामा मृत्यु भएका स्थानीय विर वहादुर कटुवालका परिवारलाई उचित क्षति पुर्ति प्रदान गर्न र मृतकलाई शहिद घोषणा गर्न सम्बन्धित निकायमा लेखी पठाउने सहमती भएको बताए ।

घटनामापरी घाईते भएका मोहन वहादुर श्रेष्ठ लगायत सबै घाइृते सुरक्षकर्मीहरुको सम्पूर्ण उपचार खर्च तथा क्षतिपूर्ति नेपाल सरकार द्धारा उपलब्ध गराउन माग गर्ने निर्वाचनको बाकी काम निर्वाचन आयोगको निर्देशन अनुसार अघि बढाउने सहमती भएको उनले बताए ।

मतदान स्थलमा विवादपछि भएको झडपमा प्रहरीको गोली लागेर १९ वर्षिय नविन कटुवालको मृत्यु भएपछि सो क्षेत्रमा शुक्रबार रातीदेखि तनाबग्रस्त बनेको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.