Websoft University

सोरुङ छविसेमा शुक्रबार मतदानको क्रममा भएको विवादमा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु


श्याम राई÷उदयपुर  गाईघाट, ३१ बैशाख। रातो तारा डट कम, उदयपुरको कटारी नगरपालिका–१० सोरुङछविसेमा शुक्रबार मतदानको क्रममा भएको विवादमा प्रहरीले चलाएको गोली लागेर एक युवाको  मृत्यु भएको घटनाको नेकपा ( एमाले ) ले घोर भर्सना गरेको छ ।

शनीबार पार्टी अध्यक्ष परमेश्वर घिमिरेले एक विज्ञप्ती जारी गर्दै राज्य सत्ताको चरम दुरुपयोग भएको उल्लेख गरेकाछन् । सामान्य विवादमा समाधान गर्नुको साटो राज्य शक्तिको दुरुपयोगगरि सामान्य नागरीक माथि गोली प्रहारगरि हत्या गरिनु निन्दनिय भएको बिज्ञप्तीमा उल्लेख छ । एमालेले उक्त घटनाको यथार्थ जानकारी सामु ल्याउन र मृतक परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरेकोछ ।

कटारी–१० सोरुङछविसेस्थीत कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा फर्जि मत खसाल्ने विषयमा भएको विवादमा प्रहरीले गोली चलाउदा १९ वर्षिय नविन कटुवालको मृत्यु भएको थियो । मृतक कटुवाल विप्लब माओवादीबाट वडा अध्यक्ष उम्मेदबार बनेका गौर वहादुर कटुवालका भतिज हुन् ।

विवादपछि मतपेटिका खोसा खोस हुदा प्रहरीले विना चेतावनी गोली चलाएको प्रत्यक्षीदर्शी ज्ञान मगरले बताए ।

विप्लब जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले प्रहरीको गोली लागेर आफनौ कार्यकर्ताको मृत्यु भएको बताए ।

‘ गोली चलाउनु पर्ने अवस्था नै थिएन । सामान्य विवाद भैरहेको थियो ।’ उनले भने । बाहिरबाट ढुंगा मुडा हुन थालेपछि प्रहरीले एक्कासी गोली चलाएको उनले बताए ।

प्रहरीले चलाएको गोली लागेर घरमै बसिरहेका १३ वर्षिय मन श्रेष्ठ घाईते भएकाछन् । गोली उनको खुट्टामा लागेको छ । बाहिरबाट ढुंगा मुडा प्रहार हुदा ढुंगा लागेर प्रहरी जवान विष्णु तामाङं घाईते भएकाछन् । उनीहरु दुबैको कटारी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

नेकपा ( एमाले ) र विप्लब नेतृत्वको नेकपाले कांग्रेसको कारण विवाद सृजना भएको दावी गरेकाछन् ।

प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादबले प्रहरी माथि ढुंगा मुडा भएपछि आत्मरक्षाको लागि गोली चलाउदा उक्त घटना भएको बताए । घटना बारे विस्तृत जानकारी लिन प्रजिअ यादब सहितको प्रहरी टोली शनीबार घटना स्थलतर्फ गएकाछन् । टोली फकेपछि विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.