Websoft University

साहित्यकार पोखरेलको स्मृतिमा कविगोष्ठी


विराटनगर । रातो तारा डट कम, पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार विराटनगरमा कविगोष्ठी सम्पन्नभएकोछ ।


साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम सम्पन्न भएको हो । विराटनगरस्थित हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव्यमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले पोखरेलको गजल लेखनमा छुट्टै पहिचान स्थापित भएको उल्लेख गर्नुभयो । उहाँले विराटनगरमा बसेर काठमाडौंलाई चुनौती दिन सक्ने क्षमता साहित्यकार पोखरेलमा रहेको बताउनुभयो । त्यस्तै अग्रज साहित्यकार बलराम पोखरेलले आफ्ना गहकिलो कृतिमार्फत कविराज पोखरेल नेपाली साहित्यकाशमा बाँचिरहने बताउनुभयो । प्राज्ञ गंगा सुवेदीले सरल स्वभावका पोखरेलका सिर्जना अत्यन्तै शक्तिशाली हुने गरेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रा.डा. मेदिनीप्रसाद शर्मा, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, उपाध्यक्ष भूषण ढुंगेल, सचिव गोकुल अधिकारी, कवि भेषराज पोखरेललगायतले साहित्यकार पोखरेलले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो । सोही अवसरमा आयोजित कविगोष्ठीमा सुमन पोखरेल, मञ्जुश्री गिरी, ममता मृदुल, प्रमोद ढकाल, रोहिणी रसिक, विनोद विवश, स्वयम्भूनाथ कार्की, राधा भट्टराईलगायतले साहित्यकार पोखरेलको स्मृतिमा कविता वाचन गर्नुभएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.