Websoft University

टिपरले ठक्कर दिएर घाइते मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु


काठमाण्डौ बैशाख २८ गते । रातो तारा डट कम, काठमाडौंको कलङ्की चोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका २ का ४५ वर्षका दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.