Websoft University

काँग्रेसले १ सय १८, नेकपा एमालेले ७०, माओवादी केन्द्रले ५६, एकीकीत समाजवादीले ४, जनता समाजवादीले २ र अन्य तर्फ ८ जनाले प्रमुख र अध्यक्ष पदमा बिजय हासिल गरिसकेका छन ।


काठमाण्डौ जेठ ३ गते । रातो तारा डट कम, वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणा अनुसार २ सय ५८ स्थानीय तहको मतपरिणाम आज ८ बजे आयोगले सार्वजनिक गरेको छ । 

जसमा नेपाली काँग्रेसले काँग्रेसले १ सय १८, नेकपा एमालेले ७०, माओवादी केन्द्रले ५६, एकीकीत समाजवादीले ४, जनता समाजवादीले २ र अन्य तर्फ ८ जनाले प्रमुख र अध्यक्ष पदमा बिजय हासिल गरेका छन् । 

आजको तथ्याङ्क अनुसार काँग्रेस देशभरका १ सय ९२ प्रमुख तथा अध्यक्ष पदमा अगाडी छ भने एमाले १ सय २२ स्थानमा अगाडी छ । माओवादी केन्द्र देशभरका ५८ स्थानमा अगाडी छ भने एकीकृत समाजवादी १७, जनता समाजवादी २७, लोकतान्त्रिक समाजवादी ११ र अन्य तर्फ २२ जना प्रमुख तथा अध्यक्ष पदमा अगाडी छन् । यस्तै उप प्रमुख तथा उपाध्यक्ष तर्फ काँग्रेसले १ सय १४ स्थानमा जित हात पारेको छ भने १ सय ६५ स्थानमा अगाडी रहेको छ । 

एमाले भने ७५ स्थानमा विजयी भएको छ भने १ सय ४५ स्थानमा अगाडीरहेकोछ । यस्तै माओवादी केन्द्रले ५१ स्थानमा जित हात पारेको छ भने ७६ स्थानमा अगाडी रहेको छ । एकीकृत समाजवादीले ९ मा जित हात पारेको छ भने १३ स्थानमा अगाडी छ, जसपा ४ स्थानमा विजयी भएको छ भने २६ स्थानमा अगाडी छ, लोसपाले उप प्रमुख तथा उपाध्यक्षमा हालसम्म जित हात पारेको छैन । तर, ९ स्थानमा अगाडी छ । अन्य तर्फ ४ जनाले जित हात पारेका छन् भने १४ स्थानमा अग्रता बनाइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.