Websoft University

सुन्दरहरैंचा १२ मा नेकपा एमाले तर्फबाट वडाध्यक्षका उम्मेद्वार रोशनप्रसाद ढकाल भारी मतले अगाडि


मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का निवर्तमान वडाध्यक्ष रोशनप्रसाद ढकालले वडाध्यक्ष पदमा अत्याधिक भोट ल्याएर विजयी भएका छन्। हालसम्म सो वडामा ३२१७ मत गणना भएको छ ।

पछिल्लो मत परिणामअनुसार वडाध्यक्ष पदमा निवर्तमान वडाध्यक्ष रोशनप्रसाद ढकालले २१३७ मत पाउँदा नेपाली कांग्रेसकी सुजू थापाले ५३२ मत पाएकी छिन् ।

महिला सदस्यमा एमालेकी उम्मेद्वारले १७३९ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेद्वारले ७४१ मत पाएकी छिन् ।

दलित सदस्यमा नेकपा एमालेकी उम्मेद्वारले १७०७ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेद्वारले ८०२ मत ल्याएकी छिन्।खुला सदस्यमा नेकपा एमालेका उम्मेद्वारले १६२१ र १६९१ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेद्वारले ७७४ र ६८६ मत ल्याएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.