Websoft University

कटारी नगरपालिकाको मतगणना अझै हुन सकेन

 


श्याम राई÷उदयपुर  गाईघाट, २ जेष्ठ। रातो तारा डट कम, सहमती कार्यान्यन नभए सम्म मतगणना नगर्ने दलहरुको अडानले कटारी नगरपालिकाको मतगणना अझै हुन सकेको छैन ।

उक्त नगरपालिकाको मतगणना सोमबारदेखि गर्नेतयारी थियो । मतगणना बारे सोमबार बसेको सर्व दलिय बैठकमा दलहरुका प्रतिनिधिले निर्वाचनको दिन भएको हत्या काण्डको जाचबुझ गर्न उच्च स्तरीय आयोग गठन भए पश्चात मात्र मतगणना गर्ने अडान लिएपछि मतगणना हुन नसकेको निर्वाचन अधिकृत राज कुमार राउतले बताए ।

मतदान सकिए लगतै मतदान स्थलमा भएको सामान्य विवादमा कटारी नगरपालिका–१० सोरुङछविसेस्थीत कालिका माध्यामिक विद्यालय मतदान केन्द्रमा प्रहरीले गोली चलाउदा १९ वर्षिय नविन कटुवालको मृत्यु भएको थियो । उक्त घटनापछि प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादबको अगुवाईमा स्थानीय निर्वाचन अधिकृतको कार्यालय कटारीमा बसेको सर्व दलिय बैठकमा उक्त घटनाको जाचबुझ गर्न उच्च स्तरीय छानविन आयोग बनाउने निर्णय भएको थियो । उक्त निर्णय पश्चात आईतबार सबै मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको थियो । सहमती अनुसार छानविन आयोग अझै नबनेकोले मतगणना शुरु नगरीएको नेकपा एमालेका नेता काजी श्रेष्ठले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.