Websoft University

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता–भारतले नेपालको सीमा मिचेको र कालापानी क्षेत्रमा नेपाली भुमि कब्जा गरेकोबारे कुरा उठेन ?


काठमाण्डौ जेठ २ गते । रातो तारा डट कम, आज बुद्ध पूर्णिमाका अवसर  पारेर प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको छ । 

भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर नेपालको भारतले सीमा मिचेको र कालापानी क्षेत्र कब्जा गरेको बारेमा कुरा भयो वा भएन सो बारेमा  समचारमा उल्लेख भएको छैन ।

आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आउनुभएको हो । लुम्बिनीमा उहाँलाई प्रधानमन्त्री देउवाले स्वागत गर्नुभएको थियो । 

आज बुद्ध पूर्णिमाका अवसरमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल र पुरानो रहेको बताउनुभयो । पछिल्लो वैश्विक अवस्थामा नेपाल र भारतबीच सम्बन्ध मजबुत हुनु महत्त्वपूर्ण भएको उहाँको भनाइ रहेको थियो । 

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी म्युजियम, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, डा अम्बेडकर चेयर फोर बुद्धिस्ट स्टडिजको स्थापना दुवै देशको साझा सहयोगको उदाहरण भएको धारणा राख्नुभयो । नेपालको वर्णन गर्दै मोदीले नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा पनि छुट्टै खालको आध्यात्मिकअनुभूति हबताउनुभएको थियो ।

भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ । बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता भएको छ । 

त्यसैगरी भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्बन्धमा पनि सम्झौता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

त्यस्तै भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोग आदानप्रदान गर्ने र काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । त्यसैगरी अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच पनि आजै सम्झौता भएको छ । स्रोत सामाजिक सन्जालबाट,


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.