Websoft University

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया रंगेलीमा


बिराटनगर जेष्ठ २ गते साेमबार । रातो तारा डट कम,रंगेली नगरपालिकाकाे   स्थानीय निर्वाचनकाे मतगणनाकाे बिषयमा मतपेटिकामा त्रुटी देखिएकाे भन्दै, मतगणना सन्चालन फेरि  स्थगित भएको छ । आजै मतगणनाकाे बिषयमा जानकारी लिनका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया रंगेलीको जनता क्याम्पसमा आज बिहन ११ बजे   मतगणना स्थल आइपुग्नु भएको  थियोे । आजै थपलियाले  नेकपा एमाले का उमेदवार दिलिप बगडिया, नेपाली काङ्ग्रेसका  उमेदवार  माेदराज घिमिरे , नेकपा मओवादीका उमेदवार रफिक आलमा, गठबन्धनका उम्मेदवार पन्नालाल मंण्डल, लगायत स्थानीय राजनीति दलका प्रतिनिधि संग मतपेटिकामा भएको त्रुटि देखिएकाे भन्ने बिषयमा छलफल गर्नु भयो । आजको छलफलमा माेरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, रंगेली निर्वाचन अधिकृत रामहरी काफ्ले साहयक प्रजिअ महेशराज तिमल्सिना ,  प्रमुख शान्ति राज काेईराल, लगायकाे उपस्थित रहेको थियो ।  दलहरूको सर्वदलीय  बैठक मा सहमति भए पछि मतगणना सुरु गरिने बुझिएको छ । वडा नम्बर ८ काे   मतपेटिकामा सिल नभएको भन्दै नेपाली काङ्ग्रेसले बिराेध गरेका थिए ।  प्रमुख जिल्ला अधिकारी काशिराज दाहलले मतगणना खुलाउने बिषयमा छलफल भईरहेकाे बताएका छन। (रंगेली अब डेट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.