Websoft University

आज २५ सय ६६ औँ बुद्ध जयन्ती–लुम्बिनीमा विशेष कार्यक्रम हुदै,कार्यक्रममा भारतिय प्रधानमन्त्री आउने,


काठमाण्डौ जेठ २ गते । रातो तारा डट कम, आज २५ सय ६६ औँ बुद्ध जयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । बुद्ध पूर्णिको दिनको रुपमा परिचित आजको दिनलाई विशेष बनाउनका लागि लुम्बिनीमा कार्यक्रमको आयोजना गर्न लागिएको छ । बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

 उहाँले बुद्धका उपदेशको पालना गरेर हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको कुरा उल्लेख गर्नुभयो । उहाँले सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गर्नुभएको छ । 


भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी आज लुम्बिनी भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा उहाँ बुद्ध जयन्तीको अवसर पारेर आज काठमाण्डौमा अवतरण गरेर लुम्बिनी जाने कायाक्रम रहेको बताइएको छ ।,  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले तराइमा सिमा मिचेको कुरा र कालापानी, लिपुलेक, लिप्याधुरा, महाकाली नदी कटान,एसएसबीको नेपाली सिमामा ज्यादती जस्ता कुरा उठाउछन वा उठाउदैन्न आम जनताले हेरिरहेका छन


प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताउनुभएको छ । 

उहाँले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.