Websoft University

अबैध सुन सहित १ जना पक्राउ


झापा, २०७९ जेठ ५ गते । रातो ताारा डट कम,झापाको मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुल छेउबाट अबैध सुन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपाल तर्फ आँउदै गरेका कैलाली घर भई दमक नगरपालिका(२ मा बसोबास गर्दै आएका ३३ बर्षीय धिरेन्द्र जैसीलाई अबैध रुपमा नेपाल भित्र्याउदै गरेको सुन सहित पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट  ३४९।७०० ग्राम ९ हालको बजार मुल्य अनुसार २८,८७,१८२।६५० रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.