Websoft University

उदयपुरको चौढण्डीगढी नगरपालिकामा प्रमुख र उप–प्रमुख नेकपा (एमाले) ले जित हासिल गरेको छ

श्याम राई÷उदयपुर  गाईघाट, ५ जेष्ठ। रातो तारा डट कम, उदयपुरको चौढण्डीगढी नगरपालिकामा प्रमुख र उप–प्रमुख नेकपा (एमाले) ले जित हासिल गरेको छ ।

कांग्रेस क्षेत्र न. १ उदयपुरका सभापति एंवम चौढण्डीगढी नपाका निवर्तमान प्रमुख खग्रेन्द्र ( काजी ) राईलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदबार कालु लामा प्रमुख पदमा निर्वाचित भएकाछन् । लामाले ८८६३ मत पाएका थिए भने उनका निकटतम प्रतिद्धन्दि नेपाली कांग्रेस राईले ८०१२ मत ल्याएका थिए । त्यसैगरि उप–प्रमुखमा एमालेकी मणिका दुलालले विजयी भएकी छिन् । उनले निर्वतमान उप–प्रमुख नेपाली कांग्रेसको उम्मेदबार रिता चौधरीलाई हराउँदै निर्वाचित भएकी हुन् । दुलालले ९५६६ मत पाईन् भने निकटतम प्रतिद्धन्दी चौधरीले ७७६० मत प्राप्त गरिन् ।    





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.