Websoft University

विवाद को कारण त्रियुगाको मतगणना अझै हुन सकेको छैन


गाईघाट –५ जेष्ठ । रातो तारा डट कम,त्रियुगा नगरपालिका–१२ को जनपे्रमी आधारभुत विध्यालय मतदान केन्द्रमा भएको विवाद को कारण त्रियुगाको मतगणना अझै हुन सकेको छैन । निर्वाचन भएको ५दिन  भैसक्दा पनि मुख्य निर्वाचन अधिकृत को कार्यलय बाट कुनै ठोस निर्णय नभएपछि मेयरका स्वतन्त्र उम्मेदवार चित्र बहादुर कार्कीले मतगणना गरीपाउ भनी उच्च अदालत विराटनगरमा रिट निवेदन दिएकाछन् । उच्च अदालतले विहीवार उक्त रिटमा निर्वाचन नगर्नु नगराउनु भनेर अल्पकालिन अन्तरीम आदेस जारी गरेको छ । न्यायाधिश राजन प्रसाद भट्टराई को  एकल इजालस ले मुख्य निर्वाचन अधिकृतको कार्यालय लाई कारण देखाउ आदेस र अन्तरीम आदेस  गरेको छ। मेयर उम्मेदवार कार्कीले अदालत बाट जेष्ठ ९ गते छलफलको लागी दूवै पक्ष लाई  बोलाउने आदेस भएको बताए । मतदान को क्रममा कर्मचारीले वदमासी गरेको भन्दै नेकपा (एकीकृत समाजवादीले विरोध जनाएपछि  वडा.न १२ मा निर्घारीत समय भन्दा एक घण्टा अघि मतदान स्थगीत भएको थियो । एकिकृत समाजवादी र माओवादीले उक्त वडा मा  पुःन  मतदानको माग गर्दैै आएकाछन् ् भने नेपाली कागे्रस, नेकपा एमाले र राप्रपा लगायतका अन्य साना पार्टिहरुले मतगणना गर्नु पर्ने माग उठाउदै आएकाछन् । तर निर्वाचन आयोगले अहिले सम्म सो विषयमा कुनै निर्णय गर्न सकेको छैन । नेपाली कागे्रस उदयपुुरले विहीवार एक पे्रस वीज्ञप्ती प्रकाशित गरी आजको मिती सम्म मतगणना गर्ने वा पुःन निर्वाचन गर्ने भन्ने वारे मा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसकेको प्रती गम्भिर ध्यानकर्षण भएको जनाएको छ । पार्टि सभापती हिमाल कार्की द्धारा जारी पे्रस वीज्ञप्तीमा तत्काल यस विषयमा निर्णय गरी मतगणना सूचारु नगरिए नेपाली कागे्रस उदयपुर आन्दोलनमा जान वाध्य हुने उल्लेख छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.