Websoft University

मिथ्या सूचना तथा आचार संहिता विपरितका सामाग्री प्रकाशन, सन्जालमा पोष्ट गर्ने सबै होसियार ?


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम, निर्वाचन आयोगले यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन २०७९ बिषयमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे गरेको भन्दै, त्यस्ता सामाग्री प्रकाशन सन्जालमा पोष्ट गर्ने वा राख्ने उपर कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

आयोगले गरेको पत्रकार सम्मेलन मार्फत हिजो आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिनुभयो । निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिने स्पष्ट पार्नुभयो । 

आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति २०७७ को निर्वाचन सबन्धी सूचना भरपर्दो मितव्ययी गुणस्तरीय विश्वसनीय बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई भरपर्दो बनाउन आयोगले निर्णयहरू गरेको जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.