Websoft University

खानेपानी समस्या समाधान र धार्मिक पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता

 


सुनसरी । धरानमा लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चिधरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले धरानमा लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । 

आईतबार धरानको वडा नं. १४ स्थित विजयपुरमा लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका सभापति पोख्रेलले यस्तो धारणा व्यक्त गरेका हुन् । धरानमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी अभियान तिब्र रुपमा चलिरहेको छ । “नेपाली कांग्रेसले उपनिर्वाचनमा विजय हासिल गरिसके पछाडी धरानमा कांग्रेसको माहोल अत्यन्तै राम्रो छ । त्यही माहौल सँगसँगै अन्य तिन वटा दल पनि हामिसँग गोलबद्ध भएपछि अहिले धरानमा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित छ ।ˮ सभापति पोख्रेलले भने,  “जित भईसकेको छ भन्दा पनि हुन्छ मतदाताले मत हाल्न बाँकी छ । र, ३० गतेसम्म मतदाता लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारलाई मत हाल्न आतुर हुनुहुन्छ । अहिले हामि घरदैलो गरिरहेका छौं ।ˮ

सभापति पोख्रेलका अनुसार एमालेसँग रुष्ट भएर, एमालेले यत्रो वर्ष धरानलाई थिलथिलो पार्यो, उपनिर्वाचनमा हामिले परिवर्तनको पक्षमा मत लगायौं र यसपटक पनि लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा मत लगाउँछौं भनेर जनताले आवाज उठाईरहेका छन् । “अहिले एमाले आफूले गरेका पहिलेका गल्तिहरुमा सच्याउँदा सच्याउँदै उसको दिन बितिरहेको छ भने हामिले गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्दै अब आगामी दिनमा बाँकी रहेका कामहरुलाई अगाडी बढाउने गरि यो लोकतान्त्रिक बाम गठबन्धन लागेको छˮ उनले भने । स्थानीय सरकारमा पक्ष विपक्ष हुँदैन, त्यसैले अब लोकतान्त्रिक बाम गठबन्धनले जितिसके पिछाडी धरानमा एक छत्र रुपमा गठबन्धनले उपमहानगरपालिकालाई विकासको बाटोमा अगाडी लैजाने उनले बताए । उनले धरानमा जनताले अपेक्षा गरे अनुसारको सुनिश्चितता, विभिन्न समस्याहरुको बारेमा लोकतान्त्रिक बाम गठबन्धनले पाँच वर्ष भित्रमा धरानलाई दिर्घकालिन रुपमा अगाडी बढाउने बताए । 

लोकतान्त्रिक बाम गठबन्धनका मेयरका प्रत्यसी किशोर राईले धरानमा खानेपानी मूख्य रुपमा समस्याको जड भएको कारण खानेपानीलाई दिर्घकालिन रुपमा कार्य योजनाहरु बनाएर समस्या समाधान गर्न पहल गरिने बताए । उनले धरानमा धेरै मठमन्दिरहरु रहेको बताउँर्दै  धार्मिक पर्यटन क्षेत्र विकासका लागि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुको प्रमुख गन्तव्यको सहरको रुपमा विकास गरिने बताए । धरानमा रहेको बुढासुब्बा, दन्तकाली, पीण्डेश्वर बाबाधाम, विष्णुपादुका लगायत मन्दिरहरुको स्वदेशमा मात्र नभई विदेशमा पनि अत्यन्तै चर्चा भएको बताउँदै राईले यस संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । उपमेयरका प्रत्यासी अईन्द्र विक्रम बेघाले पनि यदी हामि स्थानीय निर्वाचनमा विजय भएर धरान नगरमा पुग्यौं भने धरानभित्र रहेको धार्मिक मठमन्दिरको बृहत्तर विकासका लागि योजनाहरु ल्याएर काम गरिने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.