Websoft University

आचारसंहिता बिपरित उम्मेद्वारहरूले फेसबुक, टिकटक, युट्युव तथा ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत आफ्नो प्रचार गरिरहेका छन ।


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम, निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल तथा उम्मेद्वारहरू चुनावी प्रचारमा व्यस्त भएको पाइन्छ । निर्वाचन आयोगले आचारसंहिता पालना गर्न बारम्बार आग्रह गरिरहेको छ । तर सभा सम्मेलन तथा प्रचार प्रसारमा भने आचारसंहिता उल्लङ्घन भइरहेको सबैतिर पाइन्छ । 

निर्वाचन आचारसंहिता २०७८ मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप , भेष्ट , ज्याकेट, कमिज, गम्छा, मास्क लगाउन वा लकेट वा झोला बोक्न पाइदैन । तर हरेक जसो सभामा कार्यकर्ताहरूले यस्ता सामग्रीको प्रयोग गरिहरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेद्वारले ए फोर आकारको कागजमा आफ्नो विवरण खुलाइ प्रचार गर्नपाउनेछन् । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नगर्न बारम्बार आग्रह गरि रहेको छ । तर आचारसंहिता उल्लङ्घनका घटनामा कमि आएको छैन । अहिले उम्मेदवारहरूले सामाजिक सञ्जालमा केन्द्रीत बनेका छन् । 

निर्वाचन आयोगको निर्देशन बाहिर गएर उम्मेद्वारहरूले फेसबुक, टिकटक, युट्युव तथा ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत आफ्नो प्रचार गरिरहेका,गराइरहेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.