Websoft University

मोरङका १७ वटै पालिका प्रमुख र अध्यक्षहरूले आज बिराटनगरमा सपथग्रहण लिए


विराटनगर जेठ ९ गते । रातो तारा डट कम, बैशाख ३० गते भएको  स्थानीय तहको निर्वाचनमा मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले सपथग्रहण गरेका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा १७ वटै पालिकाका प्रमुखहरुले सपथग्रहण गरेका हुन् । उनीहरुलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालले सपथग्रहण गराका हुन ।


कार्यक्रममा नव निवनिर्वाचित विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले यो पटक ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । पार्टीभन्दा माथि उठेर हामी सबै विकासको काममा जनप्रतिनिधिहरु लाग्नु पर्ने बताएका छन ।

शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजैदेखि जिम्मेवारी सम्हालेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.