Websoft University

सहारा नेपाल साकोस सेवा केन्द्र खनारको २७औं वार्षिकोत्सव सम्पन्न

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सहारा नेपाल साकाेस सेवा केन्द्र  खनारले संस्थाकाे २७औं बार्सिक उत्सब  नेपाल रेडक्रस साेसाईटि उपशाखा खनारकाे सभाहलमा सम्पन्न गरेकाे छ । सेवा केन्द्र प्रमुख भानुभक्त पाैडेलकाे अध्यक्षता र इटहरी उपमहानगरपालिका वडा नं १३ का वडाध्यक्ष शिव नारायण चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा ९२ जना सदस्यकाे सहभागिता रहेकाे थियाे ।

प्रमुख अतिथि बाट ब्यानर बाचन साथै पानसमा दिप प्रज्वलन गरी उदघाटन गरिएकाे साे कार्यक्रममा संस्थाका अनुगमन अधिकृत महेस तामाङ,बलिया सेवा केन्द्र प्रमुख शान्ता काफ्ले,बिराटचाैक सेवा केन्द्र प्रमुख माेतिखर संजेल,समाजसेवि बाबुराम न्यौपाने, खनार प्रहरी चाैकि इन्चार्ज गुणराज बस्नेतकाे उपस्थिति रहेकाे थियाे ।

माेतिखर संजेलद्वारा संचालन गरिएको साे कार्यक्रममा शान्ता काफ्लेले स्वागत मन्तब्य राखेका छन्। सेवा केन्द्र खनार प्रमुख पाैडेलले सेवा केन्द्रकाे परिचय सँगै हाल सम्मकाे प्रगति बिवरण प्रस्तुत गरेका थिए।संस्थाकाेे केन्द्रीय कार्यालय बाट प्रेसित शुभकामना सन्देश वाचन सँगै अनुगमन अधिकृत तामाङले कार्यक्रमकाे औचित्य माथि प्रकाश पारेका थिए।  २०५२ साल देखि २०७८ सम्मकाे संस्थाकाे गतिबिधि  बारे संक्षिप्त चर्चा गर्दै संचालन समितिकाे साेच र परिकल्पना ,उच्च ब्यवस्थापनकाे कुसल नेतृत्व ,कर्मचारिकाे ईमान्दारिता र शेयर सदस्यकाे  साथकाे कारण संस्थाले बिभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय सम्मान र पुरस्कार  पाईसकेकाे धारणा राख्दै ३४००० शेयर पूँजी बाट सुरु भएकाे संस्था हाल १ अर्ब ६५ कराेड शेयर पूँजी पुगेकाे कुरा अनुगमन अधिकृत तामाङले बताएका छन्। वडा अध्यक्ष लगायत सहाराकाे सदस्यता लिन छुट भएका सबै वडावासि घर परिवारमा १ घर १ सदस्य निति अनुरुप सदस्यताकाे लागि आह्वान गरिदिन अनुराेध समेत गरेका थिए ।कार्यक्रममा उत्कृष्ट समुहकाे रुपमा दुईवटा समुहलाइ मायाकाे चिनाे प्रदान गरिएकाे थियाे। सफल उद्यमि सदस्यकाे  रुपमा उमा सुब्बा र द्राेपति चाैधरिलाई पुरस्कृत गरिएकाे साे कार्यक्रममा प्रमुख अतिथि शिब नारायण चाैधरिले   सहारा नेपाल काे निति तथा कार्यक्रम अन्य सहकारिकाे भन्दा फरक भएकाेले नै सफल भएकाे कुरा बताएका छन् । १ लाख ६० हजार सदस्य भएकाे सहारा देशकै ठुलाे सहकारी र १ अर्ब जगेडा काेश रहेकाेले बित्तिय रुपमा पनि सक्षम र सबल रहेकाे छ ।सहारामा हाल १३ अर्ब १६ कराेड ऋण लगानि,९ अर्ब ५६ कराेड बचत सगै १५ अर्बकाे वासलात रहेकाे छ ।१ नं प्रदेसकाे ११ जिल्लाकाे अनुमति प्राप्त सहारामा हाल ८० वटा सेवा केन्द्रमा ५०० भन्दा बढि कर्मचारि कार्यरत रहेका छन् । रमाईलाे प्रस्नाेत्तर र उपहार कार्यक्रम सहित सामुहिक नाचगान गरि मनाईएकाे बार्सिक उत्सब कार्यक्रममा कर्मचारिहरु ईन्दिरा कार्कि,सन्ताेसि चाैधरि र कबिता पाेखरेलकाे पनि उपस्थिति रहेकाे थियाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.