Websoft University

मेयर तिलक राईद्वारा विष्णुपादुकामा बर्थिङ सेन्टर भवनको उद्घाटन


धरान । रातो तारा डट कम, धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकामा नवनिर्मित प्रशुति  स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ ।

विहिबार उपहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित प्रशुति  सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गर्नु भएको हो । मेयर राईले साविक विष्णुपादुका गाविस धरान उपमहानगरपालिकामा गाभिएपछि विष्णुपादुकामा विकास मात्र नभई सेवा सुविधा पनि धेरै दिईएको बताउनुभयो । स्वास्थ्यकर्मी तथा स्वयम सेविकाहरुलाई गर्भ अवस्थामा कति संख्यामा महिलाहरु छन् भनेर तथ्यांक राख्न पनि मेयर राईले आग्रह गर्नुभयो । मेयर राईले वडामा रहेका हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकी सहितको बर्थिङ सेन्टर भवन उपयोगी हुने बताउनुभयो । 

उपमेयर मञ्जु भण्डारीले नियमित उपचार सेवासहित चौबिसै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । बर्थिङ सेन्टरमा आउने सुत्केरीहरुलाई सहज सुविधायूक्त सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले धरान उपमहानगरपालिकाका सबै भन्दा विकट वडा, सबै भन्दा टाढा रहेको वडामा प्रशुति सेवा केन्द्र भवन विस्तार गर्न सफल भएको बताउँदै सबैलाई उपचार सेवा लिन आग्रह गनुभयो । 

वडाध्यक्ष मणिराम राईले पाँच वर्ष अघि धरानको विकट वडा विष्णुपादुकामा सुविधा सम्पन्न प्रशुति सेवा केन्द्र बनाउने भनेर जनप्रतिनिधि भएर आएको बताउँदै अहिले आएर पुरा भएको बताउनुभयो । आगामी दिनमा आवश्यक्ता अनुसार प्रशुति केन्द्रलाई व्यवस्थित बनाएर लैजाने उहाँले बताउनुभयो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरानको छाताचौक र विष्णुपादुकामा प्रशुति सेवा केन्द्र सञ्चालनमा आएको बताउनुभयो । उहाँका अनुसार गर्भवती जाँच गर्न आएका महिलाको प्रशुति स्वास्थ्य सेवा केन्द्रमा निःशूल्क रुपमा उपचार गराईने पनि जानकारी दिनुभयो । उहाँले गर्भवती महिलाले स्वास्थ्य प्रोटोकल अनुसार ८ पटक सम्म जाँच गराए वापत सरकारले ८ सय रुपैयाँ उत्प्रेरणा खर्च उपलब्ध गराउनेछ भने सुत्केरी गर्न आए वापत एक हजार रुपैयाँ नेपाल सरकारले उपलब्ध गराउने प्रावधान रहेको जानकारी दिनुभयो ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.