Websoft University

नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को आयोजनामा सम्पन्न प्रदेश सम्मेलनको विराटनगर घोषणापत्र


बिराटनगर चैत २४ गते। रातो तारा डट कम, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को आयोजनामा आज मिति २०७८ चैत २४ गते प्रदेश सम्मेलन विराटनगरमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष, केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, प्रदेश नंं. १ का १४ जिल्ला शाखाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र अग्रज पत्रकार सहभागी सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारका समस्या, महासंघको संस्थागत विकास, सदस्यता शुद्धिकरण, पत्रकारहरुको क्षमता विकास, कोरोना भाइरस संक्रमणबाट सञ्चार क्षेत्रमा परेको असर, आगामी वैशाख ३० गते हुन लागेको निर्वाचनमा सञ्चार क्षेत्रको भूमिका लगायत विषयहरूमा छलफल गरी  देहायबमोजिमको घोषणापत्र जारी गरेको छ ः 

१. नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पछिल्लो अवस्थालाई हेर्दा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यो सम्मेलन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सम्बन्धित सरोकारवाला पक्षसँग गम्भीरतापुर्वक आग्रह गर्दछ । 

२. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा, संघ, प्रदेश र स्थानीय तहमा बनेका र बन्दै गरेका विभिन्न कानूनहरुका बारे सम्मेलनले समीक्षा गरेको छ । सम्मेलन त्यस्ता कानुन निर्माण गर्दा नेपालको संविधान र आमसञ्चार नीति अनुकुल तथा प्रेस स्वतन्त्रतामैत्री बनाउन आग्रह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रतिकुल हुनेगरी बनेका, बन्दै गरेका व्यवस्था सच्याउन आग्रह गर्ने र सच्याउनका लागि दबाबमूलक कार्य गर्ने निर्णय गर्दछ । 

३. श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका लागि अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै सम्मेलनले दबाबमूलक, वार्ता तथा संवाद र कानूनी प्रक्रियालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । त्यस्तै, ऐन कार्यान्वयन गर्नका लागि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गर्दै सम्मेलनले प्रदेश र जिल्ला शाखामा पनि श्रम समस्याको सुनुवाइ हुने गरी संरचना बनाउने निर्णय गर्दछ । 

४. सम्मेलनले सदस्यता शुद्धीकरणको अभियान प्रभाबकारी रुपमा सञ्चालन गर्दै विधानको व्यवस्था कडाईपूवर्क लागू गर्न यो भेला प्रतिवद्ध रहँदै सबैलाई सदस्यलाई स्मरण गराउँदछ । 

५. २०७९ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सञ्चार क्षेत्रमा हुनसक्ने आचारसंहिताविपरीतका सबैखाले गतिविधिलाई निरुत्साहित गर्दै थप तथ्यपरक र विश्वासनीय पत्रकारिताको अभ्यास गर्न आग्रह गर्दछ । साथै, निर्वाचनमा महासंघकै कतिपय सदस्यहरू उम्मेदवार बन्ने अवस्था रहेमा ती सदस्यहरूलाई महासंघको सदस्यबाट विदा लिन यो सम्मेलन आग्रह गर्दछ । 

६. यो सम्मेलन कोरोना भाइरस संक्रमणका बहानामा पत्रकारलाई निश्कासन गर्ने, बेतलबी विदामा राख्ने र तलब घटाउने कार्यहरु भइरहेकोमा त्यस्ता कार्य रोक्न आग्रह गर्दै दबाबमूलक कार्यक्रम गर्ने निर्णय गर्दछ । साथै, साना तथा स्वरोजगारमुखी सञ्चार गृहको प्रबद्र्धन गर्नका लागि समानुपातिक विज्ञापन र स्थानीय विज्ञापन स्थानीय मिडियालाई उपलब्ध गराउने व्यवस्था गर्न माग गर्दछ ।     

७. यो सम्मेलन न्यू मिडियालगायत सञ्चार क्षेत्रलाई थप जिम्मेवार बनाउन समयाअनुकूलका तालिम सञ्चालन गर्ने, सदस्यता आवेदन र नवीकरणलगायतका काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउने निर्णय गर्दछ ।

८. यो सम्मेलन गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यमबाट श्रमजीवी पत्रकारहरुलाई निष्कासित गरिएको घटनाप्रति खेद व्यक्त गर्दै उनीहरुलाई तत्काल पुर्नबाहली गर्न सरकारको ध्यानाकर्षण गराउँदै दबाबमुलक अभियान चलाउने निर्णय गर्दछ ।

 ९. महासंघले समाजका सबै जाति, लिङ, क्षेत्र र भाषाभाषीको प्रतिनिधित्व हुने समावेशी चरित्र अपनाउँदै आएको छ । महासंघका आगामी गतिविधि र नीति निर्माणमा महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका लगायत क्षेत्रको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै व्यवसायिक पत्रकारितामा लक्षित वर्गको सहभागिता बढाउन प्रदेशस्तरमा भेला गर्ने तथा व्यवसायिक क्षमता वृद्धिविकासका तालिमहरू सञ्चालन गर्ने निर्णय गर्दछ । 

१०. नेपाल पत्रकार महासंघको प्रदेश तथा भवन नभएका शाखाहरुको तेह्रथुम, संखुवासभा, खोटाङ र सोलुखुम्बुको भवन निर्माणको पहल गर्ने निर्णय गर्दै यो सम्मेलन आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकार र स्थानीय सरकारहरुसँग आग्रह गर्दछ । 

११. यो सम्मेलन पत्रकारलाई विपत्त परेका बेला सहयोग गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ प्रदेश समितिले स्थापना गरेको प्रदेश पत्रकार कल्याण कोषमा सहयोग गर्न प्रदेश सरकार र स्थानीय सरकारहरुसँग आग्रह गर्दै केन्द्रमा रहेको कल्याण कोषलाई संघीयताको मर्म अनुरुप प्रदेशमा स्थानान्तरण गर्न आग्रह गर्दछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.