Websoft University

आजबाट टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम, आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदैछ । सरकारले टाइफाईड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउँदै छ । सरकारले खोप अभियानमा देशभरका झन्डै ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गिता मिश्रले बताउनुभयो । उहाँले खोप अभियानका लागि देशभर ५० हजार केन्द्र तोकिएको पनि बताउनुभयो । १८ वैशाखसम्म चल्ने अभियानमा बालबालिकालाई एकै चरणमा खोप दिने मन्त्रालयले जनाएको छ । आजबाट खोप अभियान सुरु भएपनि प्रधानमन्त्री शेर बहादुर देउवाले भने हिजै खोप अभियानको उद्घाटन गर्नुभएको छ ।  साल्मोनेला टाइफीको सङ्क्रमणबाट हुने गम्भीर प्रकारको रोग टाइफाइडबाट नेपालमा बर्सेनि १५ वर्षमुनिका १ लाख ५ हजार बालबालिका सङ्क्रमित हुने गरेका छन् । जसमध्य १ हजार ४२ जनाको मृत्यु हुने गरेको छ । गएको ५ वर्षको सरकारी तथ्याङ्क अनुसार नेपालमा बर्सेनि औसत ४ लाख ५० हजारमा टाइफाइड पुष्टि हुने गरेको छ  ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.