Websoft University

स्वास्थ्य बीमा दिवस, र स्वास्थ्य बीमाको जनतामा परेको नकारात्मक प्रभाव


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,स्वास्थ्य बीमा दिवस, विभिन्न कार्यक्रम गरी आज मनाइने भएको  छ । ‘तपार्इंको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदै छ । २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा देशैभर लागू भइसकेको छ ।

 स्वास्थ्य बीमामा हालसम्म ५३ लाख ४ हजार २ सय ७० जनाले मात्रै बीमा गराएका छन् । तीमध्ये २० लाख ८९ हजार ५ सय ९९ जनाले मात्र बीमा सेवा लिएका छन् भने बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका छन् । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताउनुभयो । 

उहाँले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पार्नुभयो । तर बसौलाको भनाइ संग आम जनताहरु सहमत छैनन ? सरकारले चलाएको स्वास्थ्य बीमाले आम जनताहरुलाइ दु ख दिने कममात्र गरिहेको पाइन्छ । सरकारी अस्पतालहरुको हालत खराब हुनु सेवा दिन नसक्नु निजि अस्पताहरुले स्वास्थ्य बीमाको झमेला लिन नचाहानु जस्ता कुराहरुले मानिसहरुले स्वास्थ्य बीमा नबिकरण गर्न रुचाउन छाडेका छन । सरकारले सबै निजी अस्पताहरुलाई पनि उपचार गर्न अधिकार दिुनु पर्छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.