Websoft University

आज ७४ औँ विश्व स्वास्थ्य दिवस


काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम, आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ ।‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज ७४ औँ विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो । वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रीत हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावका कारण जलवायु सङ्कटले मानिसहरूको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुँदा वातावरणीय स्वास्थ्य र मानिसको स्वास्थ्य अलग रहन नसक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक रहेको बताएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार विश्वमा दस मध्ये नौ जना प्रदूषित हावामा श्वास फेर्छन् र यसका कारण हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । यस्तै नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६ सय ८३ जना र सूर्तीजन्य रोगका कारण २७ हजार १ सयको अकालमै मृत्यु हुने गरेको पनि मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.