Websoft University

बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक


विराटनगर, २३ चैत । रातो तारा डट कम, बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आर्थिक शशक्तिकरणमा पनि जोड दिनुभयो । प्रजिअ दाहालले रणनीतिको कार्यन्वयन पक्ष पनि राम्रो हुनुपर्ने सुझाव दिनुभयो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले परम्परागत सोचका कारण पनि बालविवाह नियन्त्रणमा चुनौति रहेको बताउनुभयो । उहाँले कानुनी अज्ञानता, गरीवी पनि मुख्य कारण रहेको बताउनुभयो । सचिव पराजुलीले कानुनी सचेतना आवस्यक रहेकोमा जोड दिनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले मन्त्रालयले बालविवाह नियन्त्रणका लागि किशोरी सशक्तिकरण कार्यक्रम शुरुवात गरिएको बताउनुभयो । बालविवाह नियन्त्रणका लागि रणनीतिमा स्थानीय तहहरुबाट प्रोत्साहनका कार्यक्रम समावेश गर्न सुझाव दिनुभयो । 

जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बालविवाह नियन्त्रणका लागि विद्यालय तहमा सचेतना आवस्यक रहेको बताउनुभयो । उहाँले समुदायस्तरमा अभियानका रुपमा कार्यक्रम लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले रणनीतिलाई चाँडै कार्यन्वयनमा ल्याउन सुझाव दिएका थिए । अभियानलाई सफल पार्न प्रदेश र स्थानीय सरकारले स्वामित्व लिनुपर्ने उनीहरुको भनाई छ । 

सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले चालु आर्थिक वर्ष भित्रमा रणनीतिलाई अन्तिम रुप दिएर आगामी आर्थिक वर्षदेखि कार्यन्वयनमा लैजानेगरि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो । 

प्रदेश १ लाई सन् २०२५ भित्रमा बालविवाहमुक्त प्रदेश बनाउने सरकारको नीति रहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.