Websoft University

७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाउदै,नयां नियुक्ति भए


काठमाण्डौ चैत २४ गते । रातो तारा डट कम, निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ । 

आयोगले हिजो जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हिजो देखि नै हटाइएको सुचना आयोगले जारी गरेको थियो । 

उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ । नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र  तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.