Websoft University

लेटाङका मेयरद्धारा नगरपालिकाको गाडी कार्यलयलाई फिर्ता


लेटाङ, २१ चैत । रातो तारा डट कम, लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आफुले चढ्ने नगरपालिकाको सरकारी गाडी नगरपालिकालाई बुझाउनुभएको छ । 


आज नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाललाई गाडिको चावि हस्तान्तरण गर्दै मेयर राईले सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको र आफु यस क्षेत्रको नेपाली कांग्रेस पार्टीको क्षेत्रिय सभापति भएका कारणले आफ्नो क्षेत्रमा पर्ने ४ वटा स्थानिय तहमा पार्टीको काममा खटिनुपर्ने भएकाले नगरपालिकाको गाडी नगरपालिकाका फिर्ता गरेको बताउनुभयो । उहाँले जनताको कामका लागि मात्र सरकारी गाडी प्रयोग गर्नुपर्ने भएकाले आफुले गाडि फिर्ता गरि पार्टीलाई ४ वटै तह विजय गराउनका लागि पर्ने वताउनुभयो ।  स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने घोषणा भएपछी जिम्मेवार जनप्रतिनीधीहरु द्वारा निर्वाचनमा गाडीको दुरुपयोग नहोस भन्दै आफु चढ्ने गाडी फिर्ता गरेको नगरप्रमुख राईले वताउनुभयो । 

यस्तै  लेटाङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्तोष कार्की र वडा नं. ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले पनि आफु चढिरहेको मोटरसाईकल नगरपालिकालाई बुझाउनुभएको छ । कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने गाडीहरु चुनावी कार्याक्रममा प्रयोग नहुने भएकाले गाडी फिर्ता गरिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । 

लेटाङ नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले राज्यको सम्पती चुनावमा दुरुपयोग नहोस भनेर फिर्ता गरिएको वताउनुभयो । 

यस्तै वडा नं. ६ का वडा अध्यक्ष जंगवीर तामाङले समेत आफुले प्रयोग गरेको मोटरसाईकल फिर्ता गरेको वताउनुभयो । 

केही समय अघि म्याङलुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाम्फे , उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो, झापा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिंदेनले समेत आफुले चढ्ने गाडी फिर्ता गरिसक्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.