Websoft University

त्रियुगा नदि नियन्त्रण तथा तटवन्धको काम सुस्त समयमा काम सकिनेमा आंसखा ?


 गाईघाट २१ चैत । रातो तारा डट कम,सरकारले गुरु योजना बनाएर त्रियुगा नदि नियन्त्रण को काम लाई अघि बढाएको भएपनि न्यून बजेट व्यवस्थापनको कारण निर्घारीत समयमा योजना सम्पन्न हुनेमा आंशाका देखिएको छ । छ वर्ष भित्र सक्ने गरी झन्दै ८ अर्व १५ करोड रुपैया लागत स्टीमेट गरी नदीको दूवै तर्फ तटवन्ध को काम गत बर्ष देखि सुरु गरीएको भएपनी न्यून बजेट छुट्टीने गरीएकोले काम ले गती लिन नसकेको हो । नदिको दूवै तर्फ गरी अहिले सम्म झन्दै १७ कि.मि मात्र तटवन्ध को काम सम्पन्न भैसकेको छ । निर्घारीत समयमा योजना सम्पन्न गर्न बार्षिक झन्दै डेढ अर्व रुपैया बजेट को व्यवस्था हुनु पर्ने योजना कार्यालयले जनाएको छ । तर सो अनुरुप बजेटको व्यवस्था हुन सकेको छैन । योजना प्रमुख रेवाकान्त यादवले निर्धारीत  समयमा काम सम्पन्न गर्न दृत गतीमा काम भैरहेको बताए  र्। यो वर्ष हामीले पूरै लक्ष्य अनुरुप काम पुरा गर्छौ, करिव ६ किमि  जतीकाम गर्नबाकीछ । जेष्ठ मसान्त भित्र काम सक्ने गरी काम भैरहेको छ । ’प्रमुख यादवले भने । टेण्डर प्रकृया बाट गजुरमुखी कान्छाराम वुद्ध हिमाली जेवी काठमाण्डौ र कालिका शर्मा कुमार जेवीले निर्माणको काम गरीरहेको उनले बताए र्।  काम गर्न कुनै  समस्या देखीएको छैन, माग बमोजीम बजेट व्यवस्थापन भएमा निर्घारीत समय अगाडी नै काम सम्पन्न गर्न सक्छौ ।’उनले भने र प्रती वर्ष  डेढ अर्व जती आए काम सक्न कुनै कठिन छैन । सोही अनुरुप वजेट आउनु पर्छ । उनले भने । यो वर्ष ६० करोड वजेट आएको उनले बताए । त्रियुगा नगरपालिकाको होक्से कालिखोला देखि सप्तकोशी सम्म ४२ किमि लामो त्रियुगा नदीको एक हजार तीन सय वर्ग किलोमिटर जल बहाव क्षेत्र रहेको छ । तिन हजार एक सय लिटर प्रति सेकेण्ड पानीको बहाव भएको र चुरे तथा महाभारत पहाडमा मुहान भएको २५ वटा अन्य यसका सहायक खोला खहरे छन् ।।तत्कालीन अंचल प्रशासक राम कुमार सुव्वाले त्रियुगा नदि नियन्त्रण को लागी गुरु योजना बनाउन शुरु  गरे पछि काग्रेस नेता तथा परराष्ट्रमंन्त्री डा. नारायण खड्काले त्यस लाई कार्यान्वयन गरेका थियो । त्रियुगा नदीले बर्षेनी संयौ हेक्टर जमीन कटान गर्नुको साथै ठूलो धनजनको क्षती पुयाउदै आएको छ । मूलुकभर नदि नियन्त्रणको लागी सरकारले वार्षिक झन्दै ३ अर्व को हाराहारीमा वजेट विनियोजीत गर्ने गरेकोमा त्रियुगा नदि नियन्त्रणको लागी गुरु योजना मार्फत ८अर्व १५ करोड रुपैया छुट्टीएको प्रमुख यादवले बताए । नदिउकास जग्गामा भूमिहिन लाई वसोवास को व्यवस्था मिलाईने

त्रियुगा नदिको दूवै तर्फ तटवन्ध निर्माण भैसकेपछि दूवै तर्फ झन्डै २ हजार हेक्टर जमिन उकास हुने भएपछि सो जमिनमा त्रियुगा नगरपालिकाले भूमिहिन, सुकुम्वासी लाई वसोवासको व्यवस्था मिलाउने तयारी गरेको छ । नदि उकास सो जग्गामा झन्डै २० हजार घर धूरीलाई वसोवासको व्यवस्था मिलाउने गरी काम थालनी गर्न लागीएको नगर प्रमख बलदेव चैधरीलेबताए । उदयपुर वाहेक वाहीरी जिल्लाको सुकुम्वासी र भमिहिन लाई वसोवास को व्यस्था मिलाउन लागेको उनले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.