Websoft University

बारको निर्वाचनमा ९ हजार ७ सय ८ अधिवक्ता मतदाताले मतदान गरे


काठमाण्डौ चैत २२ गते । रातो तारा डट कम, नेपाल बार एशोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि चैत १९ गते भएको निर्वाचनको मतगणना आजबाट सुरु भएको जनाइएको छ । देशका ३४ केन्द्रबाटै मतपेटिका काठमाडौँ केन्द्रमा आइपुगेको र आउने क्रम जारी रहेको छ । अहिले बिहान ९ बजेबाट मत गन्न सुरु गरिने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिनुभयो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको बारको निर्वाचनमा ९ हजार ७ सय ८ अधिवक्ता मतदाताले मतदान गरेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.