Websoft University

निर्वाचन आचारसंहिताका बारेमा आयोगले आज दलहरूसँग छलफल गर्ने


काठमाण्डौ चैत २२ गते । रातो तारा डट कम, आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिताको पूर्ण पालनाका बारेमा निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिताको पालनाका लागि दलहरूको प्रतिबद्धता लिन छलफल गर्न लागिएको हो । बिहान साढे ११ बजे हुने छलफलमा सहभागी हुनका लागि निर्वाचनमा भाग लिने ७९ दललाई पत्राचार गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । छलफलपछि लिखित रूपमा प्रतिबद्धता लिने आयोगको तयारी छ । 



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.