Websoft University

सहारा नेपाल विराटचोक सेवा केन्द्रको २७औं वार्षिकत्सब सम्पन्न


 शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सहारा नेपाल बिराटचाैक सेवा केन्द्रले संस्थाकाे २७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। मोरङको सुन्दरहरैंचा स्थित


प्लानेट हाेटेल एण्ड लउन्जमा भएको कार्यक्रममा सेवा केन्द्र प्रमुख माेतिखर सन्जेलकाे अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङकाे प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि बाट ब्यानर बाचन गरि उदघाटन गरिएकाे साे कार्यक्रममा ५२ जना सदस्यकाे सहभागिता रहेकाे थियाे।

त्यसैगरी कार्यक्रममा संस्थाका अनुगमन अधिकृत महेश तामाङ,केराबारि सेवा केन्द्र प्रमुख रबिन्द्र सुब्बा,खनार सेवा केन्द्र प्रमुख भानुभक्त पाैडेल,वडा न १२ का वडा सदस्य देबिमाया ढकाल,समाजसेवि उमेस नेपाल लगायतकाे उपस्थिति रहेको थियो।

सो कार्यक्रममा कर्मचारि ममता घिमिरेले स्वागत मन्तब्य राखेकी थिईन् भने कार्यालय प्रमुख संजेलले औचित्यमाथि प्रकास पार्दै सेवा केन्द्रकाे प्रगति बिबरण प्रस्तुत गरेका थिए ।भानु भक्त पाैडेलद्वारा  संचालन गरिएको कार्यक्रममा अनुगमन अधिकृत तामाङले २०५२ साल देखि २०७८ सम्मकाे संस्थाकाे गतिबिधि एवम आराेह अवराेह बारे संक्षिप्त चर्चा गरेका थिए।शेयर सदस्यकाे दरिलाे साथ र कर्मचारिकाे लगनसिलताका कारण संस्थाले बिभिन्न रास्ट्रिय अन्तराष्ट्रिय सम्मान पाईसकेकाे धारणा राख्दै ३४००० शेयर पुजि बाट शुरु भएकाे संस्था हाल १ अर्ब ६५ कराेड शेयर पुजि पुगेकाे कुरा तामाङले बताए। 

बार्षिकोत्सवको अवसरमा संस्थाले सफल उद्यमिकाे रुपमा कल्पना प्रधान र यमुना पाैडेललाई सम्मन गरेकाे थियाे।कार्यक्रममा प्रमुख अतिथि धनमाया तामाङले  झापामा केन्द्रिय कार्यालय रहेकाे सहारा नेपाल सहकारि काराेबार र व्यवहारमा अन्य सहकारि भन्दा फरक र १ अर्ब जगेडा कोष रहेकाेले बित्तिय रुपमा सक्षम र सबल रहेकाे बताएकी थिईन् ।

सहारामा हाल १ लाख ६० हजार सदस्य ,१३ अर्ब १६ कराेड ऋण लगानि,९ अर्ब ५६ कराेड बचत,१ अर्ब जगेडा काेस सगै १५ अर्बकाे वासलात रहेकाे छ ।१ नं प्रदेसकाे ११ जिल्लाकाे अनुमति प्राप्त सहारामा हाल ८० वटा सेवा केन्द्रमा ५०० कर्मचारि कार्यरत रहेका छन्। रमाईलाे नाचगान सँगै बार्सिक उत्सब मनाईएकाे साे कार्यक्रममा कर्मचारिहरु समिर खवास,नारायण चाैधरि र संजु कार्किकाे पनि उपस्थिति रहेकाे थियाे भने बेलुका सबै सेवा केन्द्रमा भब्य दिपावलि गरि २७औं बार्सिक उत्सब सम्पन्न गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.