Websoft University

सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदको उम्मेदवारीमा पार्वती गच्छदारको घोषणा


मोरङ । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका हरेक संघ संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै राजनीतिक क्षेत्रमा समेत चर्चा बटुलेकी पार्वती गच्छदारले उपमेयर पदको उम्मेदवारीमा घोषणा गरेकी छिन। उनी नेपाली कांग्रेसको तर्फबाट आफ्नो स्वतन्त्र घोषणा बिहिबार बसेको नगर पार्टी कार्यालयको क्रियासिल  भेलामा गरेकी हुन्। 

गच्छदार भने बिधार्थी जीवन देखि नै नेविसंघको राजनीति गर्दै बाह्रौ महाधिवेसनबाट पार्टीको क्रियाशील सदस्य लिएर नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन्।  तेह्रौ वडाको अधिबेशनबाट क्षेत्र प्रतिनिधिमा निर्वाचित भई नेपाल ट्रेड युनियनको मोरंग जिल्ला सदस्यमा रहेर समेत काम गरेकी छिन।  बुवाको प्रेरणाबाट राजनीति  प्रति मोह बढेको उनको भनाई छ।  

स्नातक तहको अध्ययन समेत पुरा गरेकी गच्छदारले बि.स २०६८ सालदेखि करिब १० बर्ष माध्यमिक बिधालय मृगौलियामा समेत सेवा गर्ने अवसर पाए।  उनी  सामाजिक र राजनीतिक क्षेत्रलाई औधि रुचाएकीले  बिधालयबाट राजिनामा दिएर सामाजिक क्षेत्रमा काम गर्दै आएकी  छिन।  प्रगति महिला समाज नामक संस्था स्थापना गरेर संस्थापक अध्यक्षको रुपमा  युवा, महिला, बालबालिकाको क्षेत्रमा समेत काम गर्दै आएकी छिन। 

गच्छदारले इन्द्रपुर जेसिजमा २०१७ देखि आबद्ध भएर जेसिजको बोर्ड सदस्य, कानुनी सल्लहाकार समाल्दै हाल कार्यकारिणी उपाध्याक्ष रुपमा काम गर्दै आएकी छिन भने बालबालिकाको क्षेत्रमा कम गर्दै आएको संस्था किवानिसको समेत उपाध्यक्ष हुन्। 

समाजिक क्षेत्रको विसंगतिलाई परिष्कृत गरि सभ्य समाजको निर्माण नगरको समुचित बिकास, भ्रष्टाचार रहीत सुसाशन, गरिबको पहुचमा नगरको सेवा ,समाज परिबर्तन निर्माणका निम्ति उम्मेदबारी घोषणा गरेकी बताईन।  

नगरबासिमा ब्यबसायिक रुपमा काम गर्न सक्षम बनाउन,  सामाजिक विभेदमा परेका तथा पिछडीएका वर्गको हित एंव समतामुलक समाजको निर्माणमा लक्षित कार्यक्रमहरु संचालन गर्न, कृषि, स्वास्थ्य सुरक्षा र स्वास्थ्य सुधार सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम गर्न, स्थानीय स्रोत साधनहरुको सदुपयोग, युवा जनशक्तिको बिकास र परिचालन, नयाँ प्रविधिको प्रयोगद्धारा कृषि ब्यबसायिकरणमा टेवा पुर्याउने, राष्ट्रका असल परम्पराहरुको रक्षा र सांस्कृतिक बिकासमा टेवा पुर्याउने,  पिछडीएका बर्गहरुको जीवन स्तरलाई माथि उकास्नको लागि आयमुलक र शिपमुलक कार्यक्रम संचालन गर्ने जस्ता उद्धेश्यका साथ अघि बढ्नु पर्ने धारणा सहित गच्छदारले उम्मेदबारी घोषणा गरेकी हुन्।   

नेपाली कांग्रेस सुन्दरहरैंचा नगर पार्टी कार्यालय बसेको आम कार्यकर्ता भेलामा गच्छदार संगै , अन्य आकाक्षी रहेका बिन्दा थापा, निरु बजगाई, प्रमिला ढकाल (एरिका) , इश्वरी चौधरी, मुना गजुरेलले समेत उम्मेदबारी घोषणा गरेकी हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.