Websoft University

नगर सभापतिले उम्मेदवारी छनौटमा मनोमानी गरेको भन्दै मेयरमा एकलौटी आफ्नो नाम पठाए।

 


मोरङ । रातो तारा डट कम,स्थानीय तहको निर्वाचनमा नजिकै गर्दा सुन्दरहरैंचा नगरपालिकामा नेपाली कांग्रेस पार्टी भित्रको आन्तरिक खिचातानी सुरु भएको छ। एक आपसमा सहमति जुटन नसक्दा पार्टी सभापति भक्ति सिटौलाले उम्मेदबारी पठाउनमा एकलौटी नाम पठाएर पूर्वाग्रह गरेको कांग्रेस कार्यकर्ताको आरोप छ। नेपाली कांग्रेस सुन्दरहरैंचाको पार्टी कार्यालयमा बिहिबार बसेको क्रियाशील भेलामा नगर सभापति सिटौला नै अनुपस्थित देखिए।

यसरी मनोमानी ढंगले नाम पठाउदा विपक्षीलाई हसाउने काम गरेको र लोकतन्त्रको धज्जी उडाएको कांग्रेस नेता भगवती पौडेलले भनाई छ। अर्को तर्फ भने एकलौटी मनोमानी गरी मेयरमा सिटौलाले आफ्नो नाम र उपमेयरमा कबिता बजगाईको नाम सिफारिस गरेको बुझिएको छ। निर्वाचन नजिकिदै जादाँ नाम घोषणामा स्वतन्त्र नभई मनपरी तन्त्र भएको भन्दै क्रियाशील कार्यकर्ताले आपति जनाएको छ।

अर्को तर्फ भने नगर प्रमुख शिव प्रसाद ढकाल समेत नेपाली कांग्रेसको तर्फबाट आकाक्षी रहेपनि सोधी खोजि भएन। स्थानिय निर्वाचन अन्तर पार्टी निर्वाचन होइन तर, साथीहरुले यसलाई मजाकका रुपमा लिए ढकालले भने, निर्वाचनमा अन्य दलसित भिड्नु पर्नेमा काँग्रेस आफैं भिडिरहेको छ, यसरी कसरी निर्वाचन नतिजा आफ्नो पक्षमा आउँछ ?  उम्मेदबारी सिफारिसमा पूर्वाग्रह रुपमा नाम पठाएकोमा नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा लिखित उजुरी समेत गरेका छन्। क्रियाशील भेलामा मेयर ढकालले आफु पनि उम्मेदबारी घोषणा गरेका छन्।  

त्यसै गरी आजै मेयर पदका लागि अर्का आकाक्षी मित्रसेन यॉञ्जनले समेत उमेदवारी घोषणा गरेका छन् भने उप मेयर पदका लागी पार्वती गच्छदार, बिन्दा थापा, निरु बजगाई, प्रमिला ढकाल (एरिका) , इश्वरी चौधरी, मुना गजुरेलले समेत उम्मेदबारी घोषणा गरेकी हुन्।

आज पार्टी कार्यालय सुन्दरहरैंचामा क्रियाशील भेलामा नगर उपसभापति रंजित कार्कीले नेपाली कांग्रेसको बिधान अनुसार ३ जना मेयर (२ पुरुष र १ महिला ) र उपमेयरमा ३ जना ( २ महिला १ पुरुष ) हुनु पर्ने प्राबधान रहेको बताए। तर नियम संगत नहुँदा यसरी पार्टी नचल्ने बताए। मलाई शिव प्रसाद ढकाल, लोक प्रसाद संग्रौला, डा. सुनिल शर्माले नेपाली कांग्रेस बनाएको होइन आफु बिस २०४५ साल देखि कांग्रेस भएको धारणा राख्दै पार्टी नियम संगत चल्नु पर्ने बताए।

नेपाली कांग्रेस सुन्दरहरैंचामा ८४ जना नगर सदस्य, २० जना कार्य सम्पादन समिति हुदा हुँदै एक उपसभापति र एक सह-सचिबको नाम नै काटी एक्लौटी ढङ्गबाट ४ जनालाई लोभ लालचा र दबाब दिएर हस्ताक्षर गर्नलाई मध्यरातमा बेलबारी सम्म पुर्याएर बाध्यात्मक बनाएर गरेको फर्जी निर्णय सुन्दरहरैचाका काङ्ग्रेस कार्यकर्ता तथा काङ्ग्रेस प्रेमी हामी मान्दैनौ र गैरजिम्मेवार सभापतिले तुरुन्त राजीनामा दिनु पर्ने माग गरी त्रिलोचल ढकालले सामाजिक संजालमा आफ्नो बिचार समेत राखेका छन्।

अहिले नगर सभापति रहेका भक्ति सिटौला भने सामाजिक संजालमा आलोचनाको पात्र बनेका छन्।

त्यस्तै अर्जुन गजुरेलेले संमाजिक संजालमा आफ्ना धारणा राख्दै लेखेका छन – ” नेपाली कांग्रेस सुन्दरहरैचा नगरसमितिले स्थानिय तहको चुनावमा मेयर उपमेयरको आकाक्षीलाई भेलामा बोलाउन सकेन, नेतृत्वको असक्षमता र नालायकी पनबाट व्यक्तिगत ढंगबाट अपुर्ण सिफारिस गर्दै एक जना आकाक्षीको मात्र नाम राखि सिफारिस गरेको चौतर्फि बिरोध र भत्सर्ना देखिए पछि नगरकार्य समितिका उप सभापति रञ्जित कार्कीको सभापतित्वमा नगर सचिव होमनाथ पोखरेलज्यु, सह सचिव टेकराज तिम्सिनाज्यु जस्ता साहसि पदाधिकारीबाट जिम्मेवारी पुर्वक नगर भित्रका प्रायः सबै वडा सभापति सहित आम भेलाबाट  ४ मेयर ८ उपमेयर आकाङ्क्षीको नाम नगर समिति तथा संसदीय समितिले प्रदेश, क्षेत्र, जिल्ला र प्रदेश न्ं १ समितिमा सिफारिस गर्ने गरि संगठनको गरिमा कायम राखेको छ ।”

यस अघि नेपाली मोरङ निर्वाचन क्षेत्र नं. ६ का क्षेत्र सभापति  देबराज तमाङले मेयर पदमा र आफ्नो उम्मेदबारी घोषणा गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.