Websoft University

प्रोत्साहन सहयोग गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह


काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम, राष्ट्रपति विद्यादेवी भण्डारीले विकासोन्मुख मुलुकको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । चीनको हेनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण, रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्न बोबाओमा आबद्ध मुलुकहरूसँग आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा पनि राख्नुभयो । नेपालजस्ता विकासोन्मुख देशको आर्थिक सुधारका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउन उहाँले आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारीका गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जवलावयु परिवर्तनको विषय कुनै देश विशेषको मात्रै नभएकाले विश्वका सबै मुलुक सचेत हुनुपर्ने पनि उल्लेख गर्नुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.