Websoft University

एमालेको मधेस कमिटी गठन


काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम, वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमालेले मधेस कमिटी गठन गरेर कार्यबिभाजन समेत गरेको छ । निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीका साथ कार्य विभाजन गरेको नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष रामऔतार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ । यस्तै सह–इन्चार्ज प्रभु साह सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठ सिरहा, सुमनराज प्याकुरेलले सप्तरीको जिम्मेवारी पाउनुभएको छ । यस्तै प्रदेश सह–इन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वालीकुमारी साह र अच्युतम मैनालीलाई बाराको जिम्मेवारी दिइएको छ । यस्तै प्रदेश कमिटीका सबै सदस्यलाई आफ्नो पालिकामा खट्ने जिम्मेवारी दिइएको छ । रघुवीर महासेठ संयोजक र प्रभु साह सह–संयोजक रहनेगरी मधेस प्रदेश स्थानीय निर्वाचन परिचालन कमिटी र विशेष निर्वाचन परिचालन कमिटी पनि गठन गरिएको एमालेले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.