Websoft University

शुभकामना

 


बिराटनगर बैशाख २ गते । रातो तारा डट कम,तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको सुखद अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य,दीर्घायु एवं प्रगतिको शुभकामनाव्यक्त गर्दछु । 

सिरुवा पर्व नयाँवर्षसँगै मनाउन सुरु गरिन्छ । प्रदेश नं. १ का झापा, मोरङ सुनसरी, उदयपुरसहित सप्तरी, सिरहालगायत जिल्लामा सिरुवा पर्व धुमधामका साथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्दछन् । 

यो पर्वलाई समय परिवर्तनको संकेतको रुपमा पनि मनाउने गरिन्छ । गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता प्रदान गर्छ भन्ने मान्यताका साथ यस पर्वलाई  ‘जुडशीतल’ पनि भन्ने गरिन्छ । सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका घार्मिक स्थलमा मेला लाग्ने गर्दछ । यस्तो मेला बैशाख महिनाभरि नै ठाउँअनुसार फरकफरक दिनमा लाग्ने गर्दछ । सिरुवा पर्वमा मेला लाग्ने स्थानमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शीरमा पानी छर्कने र बोटबिरुवामा पानी हाल्ने चलन छ ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । 

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सिरुवा पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७९ बैशाख २ गते, शुक्रबार


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.