Websoft University

सुन्दरहरैंचामा दोश्रो खोर्साने महोत्सब हुने


मोरङ सुन्दरहरैचा चैत २० गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका १० खोर्साने किस्ती खोला नजिक महोत्सव हुने भएको छ। खोर्साने युवा कल्बको आयोजनामा हुने महोत्सबको तयारीका लागि अगाडी बढ्दै चैत्र ३० गते देखि बैशाख ११ गते सम्म चल्ने आयोजकले जनाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले यस सुन्दरहरैचाको पर्यटन क्षेत्रलाई चिनाउन र यहाँको बिभिन्न भाषाभाषी, कला संस्कृति संरक्षण गर्ने, यस क्षेत्रको ब्यबसाय बढाउने उद्धेश्यले आयोजना गर्न लागिएको हो।

महोत्सबमा आकर्षक स्टल, बिभिन्न जातीय परिकार संगै मनोरन्जनात्मक खेल लगायत प्रदर्शनी रहने छ भने स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने समेत आयोजकले जनाएको छ। महोत्सवमा राष्ट्रिय कलाकार प्रमोद खरेल, शिव परियार, मेलिना राई, रचना रिमाल, भिटेंन, ज्योति नगर लगायतको कलाकार आउने महोत्सव संयोजक सोमराज गिरीले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.