Websoft University

बम बिष्फोटमा संलग्न मुख्य योजनाकार सहित ४ जना पक्राउ


सुनसरी, चैत्र १९ गते । रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय सुनसरीले चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका(२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न निज लक्ष्मी देवी थापा सहित ४ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका-२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मी देवी थापा, निजको छोरा १८ बर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका(७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका(८ झापाका ४३ बर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन । चैत्र १४ गते राती १० बजे लक्ष्मी देवी थापाको कोठामा बम बिष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको लागि अस्पताल पठाई अनुसन्धान सुरु गरेको थियो ।

घटनाको अनुसन्धान तथा खोज तलासको क्रममा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर ९च्क्ष्त्० , संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बिष्फोट पश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा ९ठकुरी०लाई इटहरी(२ स्थितमा लुकुछिपि बसेको अवस्थामा र घटनाका मुख्य योजनाकार संजय भन्ने खगेन्द्र खरेललाई झापाको काँकरभिट्टाबाट १७ गते पक्राउ गरेको हो भने उपचार पश्चात रविन थापालाई १७ गते र शेरजंग गुरुङ्गलाई १८ गते पक्राउ गरेको हो ।

प्रहरीले घटना स्थलबाट बिष्फोट पश्चात क्षेति भएका समानहरुको अवशेष र पक्राउ परेका ब्यक्तिहरुबाट ऋँल् लेखिएको सानो, ठुलो पर्चा १०३ थान,  सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको बिभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७, रकम पठाएको र जम्मा गरेको क्ष्ःभ् रसिद ४ थान, बिभिन्न बैङ्कको चेकबुक ३ थान, मोवायल ५ थान समेत बरामद गरेको हो ।

पक्राउ परेकाहरुको सम्मानित जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.