Websoft University

अन्तर्राष्ट्रिय समचार – आपतकालको घोषणा


काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम, श्रीलङ्कामा अनिश्चितकालका लागि आपतकालकोघोषणा गरिएकोछ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले मुलुकमा बढ्दो आर्थिक मन्दी र सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई ध्यानमा राखेर देशव्यापी आपतकालको घोषणा गर्नुभएको हो । उहाँले मुलुकको सुरक्षा र आवश्यक सेवाको आपूर्तिका लागि यो निर्णय गरिएको बताउनुभएको छ । कोलम्बोमा बिहीबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय अगाडि राखिएको ब्यारिकेट नाघेर आगजनी गरेका थिए । समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनको क्रममा करिब २४ जना प्रहरी घाइते भएका छन् । त्यसपछि सहरमा सेना परिचालन गरिएको छ । अहिले सेनालाई शङ्कास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.