Websoft University

शुभकामना

 


बिराटनगर । रातो तारा डट कम, वैशाख ११ गते जनताको बलिदानीपूर्ण संघर्षमार्फत लोकतन्त्र प्राप्त भएको ऐतिहासिक दिनका अवसरमा लोकतन्त्र, जनाधिकार, न्याय, समानता र जनजीविका प्राप्तिको संर्घषमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । यस अवसरमा जीवनभर लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका लोकतन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । 

वि.सं.२०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनले सफलता प्राप्त गरेको आजको दिनलाई लोकतन्त्र दिवसका रूपमा स्मरण गर्ने गरिएको छ । वि.सं.२०६२ चैतमा सुरु भएको जनआन्दोलन चुलिँदै गएपछि १९ औं दिन नेपाली जनताको जित भएको थियो । १९ दिने जनआन्दोलनको बलमा नै संसद पुनस्र्थापना भएर शान्ति प्रक्रिया सुरु भई संविधानसभाको निर्वाचन सम्पन्न भयो । यससँगै मुलुकको राजनीतिक ढाँचा र स्वरुप बदलिएर नेपाल अहिले ‘संघीय गणतन्त्र नेपाल’ भएको छ । 

नेपालमा युगान्तकारी परिवर्तनका लागि धेरैले आफूलाई संघर्षमा समाहित गरेका छन् । राणा शासनविरुद्धको आन्दोलन, पञ्चायती व्यवस्था अन्त्यका लागि गरिएको आन्दोलन, राजतन्त्र अन्त्यका लागि गरिएको गणतान्त्रिक आन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायतका आन्दोलनहरूमा हजारौं नेपाली जनताले ज्यान गुमाएका छन्, सहादत प्राप्त गरेका छन् । ती महान सहिदहरूको त्याग र बलिदानको परिणामस्वरुप नै मुलुकमा गणतन्त्र, लोकतन्त्र, संघीय शासन प्रणाली स्थापना हुनुका साथै विकास र समृद्धिको ढोका खुलेको छ । 

आजको महत्वपूर्ण घडीमा लोकतन्त्रलाई थप दरिलो, जनमुखी एव समावेशी गराउन र सहिदका सपनाहरू पूरा गर्नका साथै बाँकी उपलब्धिहरू प्राप्त गर्न सबै मिलेर अघि बढौं । मन, वचन, कर्मले इमान्दारिताका साथ लागी परौं भन्ने आह्वान गर्न चाहान्छु । लोकतन्त्र दिवस–२०७९ का अवसरमा फेरि पनि प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सबैमा शुभकामना व्यक्त गर्दै सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दछु ।

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७९ बैशाख ११ गते, आइतबार


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.