Websoft University

विराटनगर र ललितपुरका मेयरका उम्मेदवारको टुङ्गो कांग्रेसले आज लगाउने


काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हिजो निर्णय लिन नसके पनि पुन आज अहिले ११  बजे बस्दैछ । 

आजबाट आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने क्रम सुरु भए पनि काँग्रेसले हालसम्म महानगरपालिका र उप महानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाउन सकेको छैन । ६ ओटा महानगरपालिका मध्ये ३ ओटा प्रमुख पाएको काँगे्रसेले आजको बैठकबाट उम्मेदवारको नाम टुङ्गो लगाउने भएको हो । 

काठमाडौं महानगरपालिकाको हकमा सिर्जना सिंहको विषयमा लगभग सर्वसम्मत नै भए पनि विराटनगर र ललितपुरमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको र  सो पनि आजै  उम्मेदवारको टुङ्गो लाग्ने छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको बताइएको छ ।,


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.