Websoft University

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि बिहान १० बजेदेखि ५ बजे सम्म उम्मेदवारी मनोनयन दर्ता हुने


काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता दुइ दिन सम्मका लागि सुरु हुनेछ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ताका लागि समय तोकेर हिजो सुचना जारी गरेको छ । 

स्थानीय तहको मतदाता नामावलीमा नाम भएका र २१ वर्ष उमेर पुगेका तर फैजदारी अभियोग नलागेका जोसुकै नेपाली नागरिकले उम्मेद्वारी दिन सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको लागि सम्बन्धित पालिकाका मतदाता मध्येबाट एकजना प्रस्तावक र एकजना समर्थक आवश्यक पर्नेछ । 

नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउनका लागि १ हजार ५ सय रूपैयाँ धरौटी राख्नुपर्छ भने महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपमा विपन्न व्यक्तिले मनोनयन दर्ताका लागि ७ सय ५० रूपैयाँ शुल्क मात्र तिर्नुपर्नेछ । 

वडाध्यक्षमा उम्मेदवारी दिन १ हजार रूपैयाँ शुल्क लाग्ने छ भने वडा सदस्यका लागि ५ सय रुपैयाँ लाग्नेछ । निर्वाचन आयोगले आज र भोलिमा आफ्नो अनुकूल समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न सक्ने पनि सुचनामा जनाएको छ । 

उम्मेद्वारी दर्तामा जाँदा कुनै दलको झण्डा, चिह्न भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ हुने जानकारी  गराइसकेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.